शेर्पा संघ नगर अध्यक्षमा पुनः पसाङ शेर्पा

Published On: In Category: जिल्ला समाचार
शेर्पा संघ नगर अध्यक्षमा पुनः पसाङ शेर्पा


सन्तवीर लामा
धनकुटा ः नेपाल शेर्पा संघ नगर समिति धनकुटाको दोश्रो नगर अधिवेशनले पुनः पासाङ शेर्पालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष संजयसन्तोषी राईको प्रमुख आतिथ्यमा सम्पन्न नगर अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह–सचिवमा क्रमशः फुर्दुकी शेर्पा, दालामु शेर्पा, कल्पना शेर्पा र छेद्पा शेर्पा चयन भएका छन् । 
शेर्पा समुदायको २१४४ ग्याल्वो ज्या ल्होछार नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रमको अवसरमा आयोजित नगर समितिको दोश्रो अधिवेशनवाट सदस्यहरुमा पेम लक्की शेर्पा, सविना शेर्पा र जमुना शेर्पा चयन भएका छन् ।
त्यसैगरी समितिको सल्लाहकारमा फुर्वा शेर्पा, पासाङ शेर्पा र आङ्गदावा शेर्पालाई चयन गरिएको छ । 
नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिदै प्रमुख अतिथि राईले जनसंख्याको हिसावले धनकुटा जिल्लामा शेर्पाहरुको संख्या थोरै भए पनि राम्रोसंँग संगठित भएको भन्दै खुशी व्यक्त गरे । उनले शेर्पा समुदाय हिमाल चढ्ने जाति भनेर विश्वले चिनिसकेकोले अव शेर्पा समुदायले अधिकार प्राप्तीको अभियानमा पनि हिमाल चढे जस्तै विरता शाहश देखाउन सक्नु पर्नेमा जोड दिए । राईले राजनीतिक हिसावले धनकुटा जिल्लामा शेर्पा समुदायको सहभागिता कुनै पनि दल विशेषमा नदेखिएकाले अव पहिचानवादी राजनीतिक पार्टीमा आवद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिए । 
सो अवसरमा नेपाल शेर्पा संघका केन्द्रिय सदस्य आङ्गदावा शेर्पाले स्वभावैले शेर्पाहरु चिसो ठाउँमा बस्ने जाति भएकाले पनि धनकुटा जिल्लामा शेर्पा समुदायको उपस्थिति कम भएको बताए । जस्ले गर्दा राजनीति, सामाजिक संघसंस्था सवैमा शेर्पाहरुको उपस्थिति अन्य समुदायको तुलनामा धनकुटामा कम रहेको बताए । उनले भने अव विस्तारी शेर्पाहरु जाग्दैछन् लेखेर राख्नुहोस । 
नगर समितिका नवनिर्वाचित अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान कार्यक्रममा थुप्तेन देक्षेन छ्योलिङ गुम्वाका प्रमुख लामा दोर्जे उक्यावले गुम्वामा द्वीप प्रज्ज्वलन गर्नुको साथै शान्तिको लागी मोलम पाठ समेत गरेका थिए । त्यसैगरी सो अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा, किराँत राई पत्रकार संघ धनकुटाका अध्यक्ष नरेन्द्र कश्चित, तामाङ संचार समुहकी केन्द्रिय सदस्य मानवी तामाङ, शेर्पा पत्रकार संघ धनकुटाका अध्यक्ष लक्की शेर्पा, दालामु शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा हिलेका शेर्पा कलाकारहरुले शेर्पा भाषाको गितमा सामुहिक नृत्य समेत देखाएका थिए ।
तस्विर÷नगर अधिवेशन पछि सामुहिक तस्विर खिचाउँदै शेर्पा संघ नगर समितिका पदाधिकारी एवं अन्य अतिथिहरु ।