अन्तर्राष्ट्रिय मोटर रयाली हिलेमा भव्य स्वागत

Published On: In Category: पर्यटन: सुन्दर नेपाल
अन्तर्राष्ट्रिय मोटर रयाली हिलेमा भव्य स्वागत

अन्तर्राष्ट्रिय मोटर रयाली
हिलेमा भव्य स्वागत
सन्तवीर लामा
धनकुटा/ “साहसिक खेल, पर्यटन र विकासको मुल आधार, शान्ति एकता र सामाजिक न्याय नयाँ नेपालको आधार” भन्ने मुलनाराको भुटान, भारतहुदै नेपालसहित त्रिदेशीय अन्तर्राष्ट्रिय मोटर ¥याली बुधवार अपरान्ह हिलेमा आईपुगेको छ । 
संसार मै सुन्दर देश नेपालको भौगोलिक, सामाजिक र साँस्कृतिक विविधताको अध्ययन गर्न नेपाल, भारत र भुटानको विकास, पर्यटन प्रवद्र्धन र सामाजिक सद्भाव एक आपसमा कायम राख्न गएको २५ फ्रेव्रुवरी २०१७ बाट भारतको पश्चिम वंगाल राज्यको सिलिगुडीवाट मोटर ¥यालीको शुरुवात गरिएको थियो । नेपाल कै इतिहासमा पहिलो पटक आयोजना गरेको मोटर ¥यालीमा सहभागी पाहुनाहरुलाई हिलेवासी उद्योगी, व्यापारी, महिला, विद्यार्थी तथा स्थानीयवासीहरुले भव्य रुपमा स्वागत गरेका छन् । 
¥याली सिलिगुडीबाट पारो एयरपोर्ट भुटान, भुटानको राजधानी थिम्पु, थिम्पुदेखि पुनः पारो एयरपार्ट भुटान हुँदै सिक्किम, दार्जिलिङ हुँदै पशुपति नगरबाट नेपाल भित्रिएको नेपाल आयोजक नासा इष्ट नेपालका अध्यक्ष कविन श्रेष्ठले जानकारी दिए । 
वुधवार विहान दार्जीलिङवाट हिडेको मोटर ¥याली नेपाल भित्रिएपछि पशुपतिनगर, फिक्कल, कन्याम हुँदै विर्तामोड, दमक, इटहरी, भेडेटार हुँदै अपरान्ह ४ वजे प्रस्तावित एक नम्वर प्रदेशको प्रशासनिक केन्द्र धनकुटा पर्यटकीय तथा व्यापारिक नगरी हिले वजारमा आईपुगेको श्रेष्ठले बताए । विहीवार विहान हिलेवाट पुनः धनकुटाबजार, भेडेटार, धरान, इटहरी हुँदै विराटनगरको महेन्द्रचोक हुँदै पुनः पश्चिम वंगालको सिलिगुडीमा पुगेर औपचारिक समापन हुने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
हिलेमा वुधवार साँझदेखि विहीवारसम्म रहँदा ¥यालीमा सवार सम्पुर्ण आन्तरिक तथा वाह्य पर्यटकहरुलाई उधोग वाणिज्य संघ धनकुटा, होटल एशोसिएसन धनकुटा, पर्यटन विकास समिति धनकुटाले स्वागत सत्कार गर्ने सम्पूर्ण जिम्मेवारी उद्योग वाणिज्य संघ धनकुटाले लिएको अध्यक्ष उमेश घिमिरेले बताए ।
वुधवार साँझ हिले स्थित होटल कान्जीरोवा, होराईजन रिसोर्ट लगायतमा वसोवासको व्यवस्था मिलाइएको छ । सो अवसरमा स्थानीय कलाकारहरु र गरिमा डान्स सेन्टर धरानका कलाकारहरुको नेपाली मौलिक सांगितिक प्रस्तुती गरिने छ । ¥यालीमा नेपालको ५ मोटर सहित भुटान र भारतको गरी जम्मा ७० थान मोटरमा २ सय ५० जना सवार रहेको पनि जानकारी दिएका छन् । 
फ्रेव्रुवरी २५ देखी मार्च २ सम्म भारतिय आयोजक जस्ट सपोर्ट इण्डियाको १ करोड र नेपालको १० लाख खर्च हुने नासा इष्टका सचिव मनोज विक्रम शाहाले वताएका छन् । उनले ¥यालीमा समय, गति र दुरीको आधारमा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः एक लाख, ५० हजार र २५ हजार भारतिय रुपयाँ पुरस्कार पाउने शाहाले वताएका छन् । 
यो भन्दा पहिले नेपाल अटोमोवाईल एसोसिएसन (नासा इष्ट) ले इटहरीदेखि भेडेटार हुँदै हिलेसम्म मोटर ¥याली तथा स्कुटी ¥याली भेडेटारसम्म संचालन गरेको सचिव मनोज विक्रम शाहले बताए । 
तस्विर ः हिलेस्थित तोङ्वा चोकमा मोटरमा सवार पर्यटकहरुलाई फुलमाला र पञ्चेवाजा सहित स्वागत गर्दै हिलेवासीहरु ।