शिक्षक संघमा लिम्बु

Published On: In Category: जिल्ला समाचार
शिक्षक संघमा लिम्बु

धनकुटा ।
नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ धनकुटाको आठौं जिल्ला अधिवेसन सम्पन्न भएको छ । सो अधिवेशनबाट थीरेन्द्रबहादुर लिम्बु अध्यक्षमा सर्वसम्मत कार्यसमिति निर्वाचित भएका छन् । 
समितिको उपाध्यक्षमा दिलकुमारी राई र टिकाराम श्रेष्ठ, सचिवमा धनकुमार राई र रोहिणी पाँण्डे, सहसचिवमा शुभ बराल, भोलानाथ भट्टराई, विमलासन्तोषी राई, मछिन्द्र राई र हरिलाल शाह चयन भएका छन् । 
त्यस्तै कार्यसमितिको सदस्यहरुमा प्रेमकुमारी श्रेष्ठ, टंकमाया याखा, देवी बराल, ईश्वरीप्रसाद सुवेदी, श्यामप्रसाद सुवेदी, दिलबहादुर लम्जेल र पूर्ण खुलाल चयन भएको अध्यक्ष लिम्बुले जानकारी दिए । 
यसैगरी अधिबेशनले पाँच जना संघीय अधिवेशन प्रतिनिधि चयन गरेको छ । प्रतिनिधिमा निर्वमान अध्यक्ष गंगाराम ढुंगाना, विनय राई, दिपेन्द्र राई, रामकुमारी भण्डारी र सीता घिसिङ छन् । यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा हरिप्रसाद दाहाल, राजेन्द्र खड्का, भुपेन्द्र भण्डारी, झमक कटुवाल, हरिकुमारी मगर र यशु सापकोटालाई चयन भएको छ ।