निजामती कर्मचारी संघमा हरी

Published On: In Category: राष्ट्रिय समाचार
निजामती कर्मचारी संघमा हरी


धनकुटा १४ फाल्गुण । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी संघको चौथो जिल्ला जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट हरिप्रसाद तिम्सिनालाई अध्यक्षमा चयन गरेको छ । यस्तै कार्यसमितिका उपाध्यक्षद्वयमा नारदप्रसाद सुवेदी, निर्मला सुबेदी र गोरखवहादुर तामांगलाई चयन गरेको छ । यस्तै सचिवमा डम्वर कटुवाल र सहसचिवमा पुष्पराज अधिकारीलाई चयन गरेको छ । यस्तै केन्द्रिय प्रतिनिधिमा उत्तम कुवर र मेरमान खनाललाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै सांसद तथा नेपाली कांग्रेसका नेता मनोहरनारायण श्रेष्ठले निजामती कर्मचारीहरुले संविधानको सफल कार्यान्वयनका लागी इमान्दारिताका साथ क्रियाशील हुनु पर्नेमा आग्रह गरे ।
सो अवसरमा सांसद अञ्जना ताम्ली, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी पौडेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेती, कांग्रेसका उपसभापति नविनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, क्षेत्रीय सभापतिद्वय जितेन्द्र राई, इन्दिरा थापा, लोकसेवा आयोग धनकुटाका उप निर्देशक उमेश पोखरेल लगायतले शुभकामना व्यक्त गर्दै ट्रेड युनियन आन्दोलनबाट गणतान्त्रिक संविधान प्राप्त भएकोले अब संविधानको कार्याान्वयनका लागी ट्रेड युनियन आन्दोलनलाई सशक्त बनाउनु पर्नेमा जोड दिएका थिए ।