पत्रकार महासंघ धनकुटाको शाखा अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

Published On: In Category: राष्ट्रिय समाचार
पत्रकार महासंघ धनकुटाको शाखा अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

 

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा धनकुटा साप्ताहिकका सम्पादक राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १८ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो । स्थापनाकालदेखि सर्वसम्मत कार्यसमिति, केन्द्रिय सभासद् चयन गर्दै आएको इतिहासलाई निरन्तरता दिदै अग्रज पत्रकार श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ ।
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा नगेन्द्र राई र महिला उपाध्यक्षमा शुखकला राई चयन भएका छन । सचिवमा बिदुर खवास, सह–सचिवमा बलराम दाहाल, समावेशी सह–सचिवमा हरिबहादुर लम्जेल र कोषाध्यक्षमा नारायणकुमार आठपहरिया राई चयन भएका छन ।
त्यस्तैगरी सदस्यहरुमा दिलबहादुर राई, लुसीकुमारी गच्छदार, शर्मिला राई, मालती मोक्तान, माया राउत, नरेन्द्र राई, डण्डीकेशर कटेल, कविराज घिमिरे, बिकास घिमिरे,  सुरेन्द्र मग्रान्ति र नबोनित खड्का  चयन भएका छन ।

त्यस्तैगरी १४ जना महासंघको केन्द्रिय सभासद्हरुमा सञ्जयसन्तोषी राई, बिजयसन्तोषी राई, मोहन बान्तवा,  खगेन्द्रप्रसाद घिमिरे, सिद्धराज राई, तिलबिक्रम चेम्जोङ्ग,    सुमन गुरागाई, रमेशचन्द्र अधिकारी, हिमा चेम्जोङ्ग, भेषराज कटेल, मणीकुमार श्रेष्ठ, स्मीता निरौला, बिनोद घिमिरे र देवकला कार्की चयन भएका छन ।
यस्तै छनौट भएका १९ जना प्रदेश सभासद्हरुमा यानिन्द्र तिगेला, ईश्वर थापा, सन्तवीर लामा, नयराज नेपाल, टकलाल राई, ब्रम्हलाल हजारी, बिमला राई, भीम मल्ल, अजयसन्तोषी राई,  दुर्गा देवी निरौला,  कल्पना थापा, बिश्वराज श्रेष्ठ, मनिषा पोख्रेल, नवराज कार्की, उत्तम देवान, शुभकला राई, तुलसा ताम्ली, राजेन्द्र भण्डारी र सवाल राई चयन भएका छन । 
२५ वर्ष अघि सञ्जयसनतोषी राइृले पत्रकार महासंघ धनकुटा शाखा स्थापना गरेयता सर्वसम्मत नेतृत्व चयन हुँदै आएको इतिहास छ ।
वज