पेट्रोलियम पाइपलाइन विस्तार र अरुण तेस्रो आयोजना निर्माण हुने ः राजदुत राय

Published On: In Category: राष्ट्रिय समाचार
पेट्रोलियम पाइपलाइन विस्तार र अरुण तेस्रो आयोजना निर्माण हुने ः राजदुत राय

धनकुटा । भारतीय राजदुत रणजीत रायले नेपाल भारत सम्बन्ध ऐतिहासिककालदेखि प्रगाढ रहेको बताए । उनले यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउन पेट्रोलियम पाईपलाईन निर्माण तथा अरुण तेस्रो जलविद्युत् आयोजनाको तीव्र गतिमा अगाडि बढाउने बताए । उनले असल छिमेकी मुलुक नेपालको अन्धकार र गरिवी निर्मुल गर्न भारत सक्दो सहयोग गर्न तयार रहेको बताए । भारतीय सरकारको सहयोगमा जिल्लाका दुई विद्यालय भवनको उद्घाटन गर्ने क्रममा राजदुत रायले रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनको काम सम्पन्न भएपछि नेपालमा पेट्रोलियम पदार्थ सहज आपूर्ति हुने बताए । राजदूत रायले भारतीय कम्पनीको लगानीमा अरुण जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि नेपालमा आर्थिक विकासका ढोका खुल्ने बताए । धनकुटाको उत्तरी जिल्ला संखुवासभामा निर्माण हुन गैरहेको अरुण तेस्रो जलविद्युत् आयोजना पुरा भएपछि नेपालको आर्थिक अवस्था सुदृढ हुनेभएकाले परनिर्भरता अन्त्य हुने राजदुत रायले बताए । यो आयोजना भारतीय कम्पनीले निर्माण गरिरहेकाले सवैले सहयोग गर्न आग्रह समेत गरे । पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री तथा सांसद सुनिलबहादुर थापाका साथमा विद्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन पाख्रिवास आएका भारतीय राजदुत राय पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको भत्किएको घरको निरीक्षण गर्न मुगा पुगेका थिए ।