विविध साँस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार सम्पन्न

Published On: In Category: राष्ट्रिय समाचार
विविध साँस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार सम्पन्न


सन्तवीर लामा
धनकुटा । नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति धनकुटाले २८५३ सोनाम ल्होछार चरा वर्ष मे खाम (ज्या ल्हो) नयाँ वर्षको अवसरमा हिले वजारमा विविध साँस्कृतिक कार्यक्रम एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । नेपाल तामाङ घेदुङ प्रदेश नं. १ का सचिव निरेन तितुङको प्रमुख आतिथ्यमा सम्पन्न ल्होछार साँस्कृतिक ¥याली तथा शुभकामना आदानप्रदान कार्यक्रममा घेदुङका केन्दिय सदस्य लालचन्द्र गोङ्वा, घेदुङका केन्द्रिय सल्लाहकार एवं कार्यक्रमका विशेष अतिथि वीरवहादुर तितुङ र जिल्ला घेदुङ धनकुटाका अध्यक्ष सिताराम थिङको अगुवाईमा हिले माविको प्राङ्गणमा जातीय भोषभुषामा भेला भएका तामाङ समुदायले हिले वजारको परिक्रमा गरी साँस्कृतिक सभामा सहभागी भएका थिए । 
तामाङ भेषभुषामा सजिएर आएका युवक युवतीहरु, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, तामाङ घान्वा–ताम्वाहरु, वौद्धलामा गुरुहरुको सहभागितामा हिले वजारमा विशेष तामाङ साँस्कृतिक झाँकीसहित सामुहिक ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा सहभागी तामाङ मौलिक संस्कृतिमा पर्ने डम्फु सेलो गाउनुको साथै सेलो नाचेर मनोरञ्जन लिएका थिए । सभा शुरु हुनु अघि सभास्थलमा तामाङ कलाकारहरुले तामाङ सेलोमा दमदार नृत्य प्रदर्शन गरेका थियो ।
घेदुङका जिल्ला कार्य समितिका अध्यक्ष सितारम थिङको अध्यक्षतामा सम्पन्न साँस्कृतिक सभामा पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष संजय सन्तोषी राई, घेदुङका पूर्व केन्द्रिय सल्लाहकार वीरवहादुर तितुङ, तामाङ घेदुङका पूर्व जिल्ला अध्यक्ष चिन्तन तामाङ, नगर घेदुङका अध्यक्ष कुलवहादुर तामाङ, नेपाल स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष सिंह तितुङ, म्हानीपा संघका अध्यक्ष भुमिश्वरी बम्जन, महिला घेदुङकी जिल्ला अध्यक्ष पेमाकुमारी लामालगायतले ल्होछार नयाँ वर्षको अवसरमा शुभकामना मन्तव्य व्यक्त दिएका थिए । 
कार्यक्रमको सञ्चभालन महिला घेदुङका जिल्ला सचिव सुनिता लावती तामाङले र घेदुङका जिल्ला सदस्य फुर्वा घिसिङ तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा तामाङ डम्फुरे म्हेमेहरुले स्वागत गीत मार्फत स्वागत गरेका थिए । सो अवसरमा तामाङ कलाकारहरुले डम्फु सेलोमा नृत्य समेत प्रस्तुत् गरेका थिए । 
यसैवीच पाख्रीवास नगरपालिका वडा नं.९ घोर्लिखर्कमा रहेको वौद्ध माने स्तुपामा २८५३ औं सोनाम ल्होछारको अवसरमा भगवान बुद्धको मुर्ति प्रतिस्थापन गर्नुको साथै गुम्वाको उद्धघाटन गरिएको छ । वौद्ध गुम्वाको पूर्व वाणिज्य तथा आपुर्तिमन्त्री एवं सांसद सुनिलबहादुर थापाले एक समारोहको विच गरेका थिए । 
    गुम्वा समुद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेको पूर्वमन्त्री थापाले सो अवसरमा वौद्ध लामा गुरुहरुको साथमा गुम्वामा वौद्ध परम्परा अनुसार पुजापाठ समेत गरेका थिए । डिकुरे डाँडा वौद्ध माने स्तुपा संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष मनबहादुर योञ्जनको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, तामाङ घेदुङका सचिव सन्तवीर लामा, आदिवासी जनजाति पत्रकार महासंघका सदस्य नरेन्द्र राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
    यसैगरी मुर्तिढुङ्गा, परेवादिनको नाम्जाङ्ग, वुढिमोरङ्ग, धनपा–१० चोकरोकमा पनि २८५३ सोनाम ल्होछारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । त्यसैगरी आगामी माघ २२ गते शनिवार उत्तरपानी बजारमा सोनाम ल्होछारको अवसरमा गाउँ इकाई घेदुङ चुङ्गवाङ्गको आयोजनामा विविध साँस्कृतिक कार्यक्रम राष्ट्रिय कलाकारहरुको साथमा आयोजना हुने जिल्ला घेदुङ धनकुटाका सचिव सन्तवीर लामाले जानकारी दिए ।