छिन्ताङ जाल्पादेवी मन्दिर परिसरमा भक्तजनका लागि सेड निर्माण गरिदै

Published On: In Category: राष्ट्रिय समाचार
छिन्ताङ जाल्पादेवी मन्दिर परिसरमा भक्तजनका लागि सेड निर्माण गरिदै

पूर्वका चर्चित आस्थाका केन्द्र छिन्ताङस्थित जाल्पादेवी मन्दिर परिसरमा तीर्थयात्रुका आरामका लागि सेड निर्माण गरिदै छ । लायन्स क्लव अफ विराटनगर योङ हर्टद्वारा निर्माण गरिदै गरेको सेडमा पुजारीका लागि लूगा फेर्न कोठा पनि निर्माण गरिने भएको छ । क्लवद्वारा सेडसँगै पर्खाल निर्माण, जाल्पादेवी मन्दिर सँगै रहेको कन्या मन्दिरको पर्खालमा टायल र सिठीमा मार्वल लगाईने क्लवका अध्यक्ष निश्चल श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठकाअनुसार मन्दिरमा प्रवेशद्वारसँगै महिलाहरुका लागि निर्मित देउराली मन्दिर पनि पुनर्निर्माण गरिने जानकारी दिए । (जाल्पादेवी मन्दिर परिसरमा महिलाहरुलाई प्रवेश निषेध छ ।) यसका साथै क्लवले मन्दिर परिसरमा पानी ट्यांकी मर्मत गरी तीन वटा र कन्यामन्दिर छेउमा एउटा परम्परागत ढुङ्गेधारा राखिने क्लवका कोषाध्यक्ष सुजन थापाले जानकारी दिए । अन्दाजी छ लाख बराबर रकममा सो क्षेत्रमा निर्माण गरिन लागेको जानकारी दिए । अहिले निर्माण कार्य तीव्र गतिमा भैरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार ययिह पवित्रस्थलमा लायन्स क्लवको राष्ट्रिय भेला आयोजना गरिने तयारी भैरहेकोसमेत जानकारी दिए ।