शहीद दिवसको अवसरमा भीमनारायण चौकमा कार्यक्रम

Published On: In Category: राष्ट्रिय समाचार
शहीद दिवसको अवसरमा भीमनारायण चौकमा कार्यक्रम


धनकुटा १७ माघ । शहीद दिवसको अवसरमा भीमनारायण चौक र वसर्पाकस्थित शहीद स्तम्भमा शहीदहरुको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । सो अवसरमा शहीद भीमनारायण श्रेष्ठको सालिकमा माल्यार्पण गर्नुका साथै लोकतन्त्र स्थापनाका लागि शहादत दिएका सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति सम्मान व्यक्त गरिएको थियो ।
नेपाली कांग्रेस धनकुटाका सभापतिको अध्यक्षतामा सम्पन्न भीमनारायण चौकको कार्यक्रममा सचिव विजय सन्तोषी राईले शहीद भीमनारायण श्रेष्ठलगायत सम्पूर्ण शहीदहरुको योगदानको वारेमा प्रकाश पारेका थिए । यस्तै कार्यक्रममा कोषाध्यक्ष दिनेश राई, नगर सभापति रोशन श्रेष्ठ, पूर्व नगर सभापति पुरेन्द्रलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष खगेन्द्र घिमिरे, शिक्षक संघका अध्यक्ष गंगाराम ढुंगाना, नेपाल विद्यार्थी संघका अध्यक्ष जमुना कँुवर, नेपाल नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई, वडा नं. ६ का सभापति नरेश श्रेष्ठ, डा.घनश्याम भट्टराईलगायतले शहीदहरु प्रति सम्मान व्यक्त गरेका थिए ।
यसैगरी हुसाडेक नेपालको संयोजनमा आयोजनामा बसर्पाक स्थित शहीद स्तम्भमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । सो अवसरमा हुसाडेकका पूर्व अध्यक्ष विदुर सुवेदीले शहीदहरुको योगदानको वारेमा चर्चा गरेका थिए ।