कतारमा मगरहरुको राष्ट्रिय पर्व माघ्या सकराटी — २०१७ सम्पन्न

Published On: In Category: विदेश खबर

बिजय कुमार मगर, दोहा कतार ।
मगरहरुको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघ्या सकराटी—२०१७ नेपाल मगर संघ, शाखा कतारको आयोजनामा सम्पन्न भएको छ । संस्थाका सचीव रविन थापा मगरको संयोजकत्वमा आयोजित कार्यक्रम मगर संघ कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा भएको थियो ।
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका का.वा अध्यक्ष लिलम्बर चिदी मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रिय महासचिव बिजय मगरले गरेका थिए । बनभोज तथा विविध सांस्कृतिक कार्यक्रमसहित आयोजित कार्यक्रममा कतारमा रहेका मगर तथा गैरमगरहरुको ब्यापक सहभागिता रहेको थियो ।
मगर परिकारहरु बारा, तरुल, अचार, फलफुल, खाना लगायतका खानपिनका साथमा आयोजित कार्यक्रम समाल पब्लिक गार्डनमा करिव १२ सय हाराहारीमा सहभागी थिए । कार्यक्रममा बिशिष्ट अतिथिहरुमा नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारमा आबद्ध मातृसंस्थाहरु, बैचारिक संघ संस्थाका प्रतिनिधिहरु थिए । यस्तै नेपाली महिला समाज कतार, बुद्धिजीवी, समाजसेवी, र ब्यवसायीहरु कतारमा स्थापित विभिन्न जिल्लास्तरीय र सामाजिक संस्थाहरु, अन्य जातीय तथा धार्मिक, कला तथा साहित्यिक संस्थाहरु, सहधागी थिए । 
कार्यक्रममा राष्ट्रप्रेम भावले राष्ट्रिय गान र मगर गान गाई प्रथम शहीद लखन थापालगायत ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि दिएको थिए । कार्यक्रम सफल बनाउनका निम्ति केन्द्रिय सचिव रविन मगरको संयोजकत्वमा नौ सदस्यीय उपसमितिको गठन गरिएको थियो 
कार्यक्रममा प्रमुख अतिथि लिलम्बर चिदी मगरले माघ्या सकराटी मगरहरुको विशेष पर्व भएता पनि यो पर्व मगरहरुले मात्र नभएर थारु, नेवार, किंरातीहरु, हिन्दुहरुको पनि एकदमै महत्व राख्ने चाड रहेको बताए । यस्तै जिल्लास्तरीय संस्थाको प्रतिनिधि गर्दै रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष बसन्त थापाले माघ्या सकराटीको शुभकामना ब्यक्त गरेका थिए ।