भाइरल बन्दै ऐतिहासिक तस्वीर

Published On: In Category: जिल्ला समाचार
भाइरल बन्दै ऐतिहासिक तस्वीर

भाइरल बन्दै ऐतिहासिक तस्वीर
आजभन्दा ५० वर्ष अघि धनकुटा वीचबजारस्थित भिमसेन मन्दिरमुनि तत्कालीन साना साना स्थानीय बालबालिकाहरुको लिईएको तस्वीर । यो तस्वीरमा दाहिनेदेखि क्रमशः लतिका श्रेष्ठ हाल विराटनगर, इन्द्रकुमार श्रेष्ठवीचबजार प्रहरी कार्यालय छेउ, यज्ञलक्ष्मी श्रेष्ठ बैद्य हाल इलाम, विन्दु श्रेष्ठ वीचबजार, मिनु श्रेष्ठ, कुनाको बालक माधवकृष्ण श्रेष्ठ हाल अमेरिका, चन्द्रहरी श्रेष्ठ हाल भद्रपुर, श्यामकृष्ण श्रेष्ठ हाल काठमाडौं, शरद कुमार श्रेष्ठ वीचबजार, मनोज श्रेष्ठ सानो बाल अघाडीको हाल विराटनगर, द्वारिका नाथ श्रेष्ठ हाल काठमाडौं, कल्याणभक्त श्रेष्ठ हाल हुलाकटो ।
त्य समय स्वयम्सेवाका लागि आएका बेलायती नागरिबाट लिईएको रंगीन तस्वीर हो, यो । ऐतिहासिक तथा दुर्लभ यी तस्वीरहरु स्थानीय सुरेन्द्र आठपहरिया राईले संकलन गरेर आफ्नो फेसबुकमा पोष्ट गरेपछि अहिले यी दुर्लभ तस्वीरहरु भाईरल बन्दै विश्वभर छरिएर रहेका धनकुटेलीहरुवीच लोकप्रिय बनिरहेको छ ।