माघा गाउँमा आधुनिक मौरी पालन

Published On: In Category: कृषि विशेष

श्रावण १०, धनकुटा / सदरमुकाम नजिकको माघा गाउँका सबै घरधुरीमा आधुनिक मौरी पालन सुरु गरिएको छ । उक्त गाउँका २८ घरधुरीमा यसै महिनादेखि व्यावशायिक मौरी पालन सुरु गरिएको हो ।

स्थानीयको चासो बढेसंगै धनकुटा नगरपालिका ४ अन्तर्गत जनजागृति माघा नागरिक सचेतना केन्द्रमा आधुनिक घार वितरण समेत गरिएको छ । मौरी पालनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत सामुदायिक भौतिक पुर्वाधार विकास कार्यक्रम (सीआइजी) ले २ लाख १६ हजार रुपैया“ अनुदान उपलब्ध गराइएको धनकुटा नगरपालिकाका प्रबन्धक नुषराज श्रेष्ठले जानकारी दिए । स्थानीयबासीको ७० हजार लगानी रहेको छ । विपन्न समुदायको बसोबास रहेको उक्त स्थानमा मौरी पालनले जीवनस्तर उकास्न सक्ने धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताए ।

माघा नागरिक सचेतना केन्द्र मार्फत स्थानीयले मौरी पालनमा चासो बढाएको प्रस्ताव आएपछि नगरपालिकाले सहयोग जुटाएको प्रबन्धक श्रेष्ठले बताए । ‘काम गर्न इच्छा राख्नेलाई सहयोग समेत मिलेको छ’, प्रबन्धक श्रेष्ठले भने, ‘यसबाट पीछडिएका वर्गलाई आर्थिकस्तर सशक्त बनाउन सकिने आशा गरिएको छ ।’ २८ घरधुरीलाई एपिस सेरेना (स्थानीय जात)को मौरी वितरण गरिएको धनकुटा नगरपालिका ४ का सामाजिक परिचालक रेनु पौड्यालले जानकारी दिइन् । नवलपरासी गैडाकोटबाट मौरी घार ल्याईएको माघा नागरिक सचेतना केन्द्रका संयोजक कमला राईले बताइन् । वरिपरि जंगल र छेउमा रहेको गाउ“मा फलफुल, विभिन्न बालीनालीका फुलका कारण मौरीले सन्तोषजनक उत्पादन दिनसक्ने राई बताउ“छिन् । परंपरागत रुपमा विगतमा गरिएको मौरी पालनले उत्पादन सन्तोषजनक नभएपछि माघा गाउ“का सबै घरधुरीमा आधुनिक घार भित्र्याइएको संयोजक राईको भनाई छ ।

पछिल्लो समय जिल्लामा आधुनिक घारबाट मौरी पालन व्यवशायमा कृषकहरु आकर्षित बन्न थालेको कृषि विकास कार्यालयका बालि संरक्षण अधिकृत सुर्य सापकोटाले बताए । तर सिंगो गाउँभरी नै यसरी मौरी पालन गरिएको माघा पहिलो रहेको सापकोटाले जानकारी दिए । स्थानीयलाई कृषि विकास कार्यालयले प्राविधिक सहयोग र तालिम प्रदान गरेको छ । असोजदेखि पुषसम्म मह उत्पादन बढि हुने सापकोटाले बताए ।

 

Related Tag: Agriculture Education