युरोकप २०१६ मा कसले कति पाए ?

Published On: In Category: खेल / मनोरन्जन
युरोकप २०१६ मा कसले कति पाए ?

 

धनकुटा / १६ औं संस्करणको युरो कप २०१६ को आयोजक फ्रान्सलाई आफ्नै घरेलु मैदानमा हराउँदै पहिलो पटक पोर्चुगलले युरोपियन च्याम्पियनको उपाधिसँगै ३ अर्ब ३४ करोड नेपाली रूपैयाँ पुरस्कार हात पारेको छ ।

युरोपेली फुटबल महासंघ युइएफएले ३० करोड १० लाख युरोको पुरस्कार रकम वर्ष २०१६ को युरो कपमा पुरस्कार रकम छुट्टाएको थिए । यो नेपाली रुपैया ३५ अर्ब ८१ करोड ९० लाखको राशी हो ।

युईएफएका अनुसार विजेता, उपविजेता र सहभागी टिमहरुले पाउने पुरस्कारको राशी यस प्रकार रहेको छः

-  युरो कप विजेताले ८० लाख युरो (३ अर्ब ३४ करोड रुपैया),

-  उपविजेताले ५० लाख युरो (२ अर्ब ७९ करोड ६५ लाख),

-  सेमफाइनल पुग्ने चार टिमले ४० लाख युरो,

-  क्वाटर फाइनलमा पुग्ने सबै ८ टिमले २५ लाख युरो,

-  प्रिक्वाटर फाइनलमा पुग्ने सबै १६ टिमले १७ करोड ६४ लाख,

-  समूह चरणका खेल जित्नेले १० लाख युरो,

-  समूह चरणका खेल बराबरी गर्नेले ५ लाख युरो

-  हरेक तयारी खर्च सबै २४ टिमलाई ८० लाख युरो रकम दिएको छ ।

यो पुरस्कार रकम सम्बन्धित देशको फुटबल संघको खातामा जानेछ । सम्बन्धित देशको फुटबल संघले नै खेलाडीहरुलाई व्यबस्थापन गर्दै आएको छ । 

Related Tag: Sports Football Euro Cup