जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगिता सम्पन्न

Published On: In Category: खेल / मनोरन्जन
जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगिता सम्पन्न

       
अषाढ १० धनकुटा / पूर्वाञ्चलकै चर्चित पर्यटकिय स्थल भेडेटारमा खेलकुद पर्यटनको विकास गर्ने उदेश्यले स्वर्गीय गोविन्द्र कार्कीको प्रथम स्मुतिमा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ ले संचालन गरको जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भयो ।

जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगितामा पुरुष डवल तर्फ प्रथम हुने दोर्ण वहादुर राई र दिपक राज लामाको टोलीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सांसद भीष्मराज आङदम्बे, नेपाली कांग्रेस धनकुटाका सपभापति अग्नी पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राई, क्षेत्रिय सभापति जितेन्द्र राई, स्वर्गीय कार्कीका पिता एकराज कार्कीले नगर पुरस्कार तथा प्रमाण पत्र ट्रफी, मेडल वितरण गर्नु भएको थियो ।

यसैगरी महिला तर्फ प्रथम हुने अरुणा तामाग र अञ्जु तामागको टोलीलाई जिल्ला खेलकुद विकास समिति धनकुटाका उपाध्यक्ष हर्क चेम्जोग, नेपाली काग्रेस पाचथरका सभापति  नरेन्द्र केरुङ्ग, धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, तरुण दल धनकुटाका उपाध्यक्ष धिरज साम्बो,   शिक्षक संघ धनकुटाका अध्यक्ष गंगाराम ढुंगाना, तामागले नगर पुरस्कार, तथा प्रमाण पत्र ट्रफी, मेडल वितरण गर्नु भएको थियो ।

त्यस्तैगरी महिला तर्फ द्धितिय हुने रिता राई, बसन्त मगरको टोली र पुरुष तर्फ द्धितिय हुने केशर लिम्बु नारायण विकको टोलीलाई होटल एशोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावती, सदस्य रोजन राई, तरुण दल पाचथरका अध्यक्ष सुमन लामा,तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्षहरु अशोक राई,तिलक महत, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु भूपेन्द्र भण्डारी, चन्द्र श्रेष्ठ, महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी, क्षेत्रिय सदस्य कुल प्रसाद दाहाल, जिल्ला व्यडामिन्टन संघ धनकुटाका अध्यक्ष यज्ञश्वर श्रेष्ठ लगायतले नगर पुरस्कार, प्रमाण पत्र, मेडल, ट्रफी प्रदान गर्नु भएको थियो ।

नेपाली कांग्रेस धनकुटाका क्षेत्र नं. १ का क्षेत्रिय सभापति जितेन्द्र राईको सभापतिमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सासंद भिष्मराज आगदम्बे लगायत सवै अतिथिहरुले स्वगीय कार्कीको योगदानको वारमो चर्चा गर्नु भएको थियो ।

 

Related Tag: Bhedetar Sports