जिल्लाकै पहिलो E-Village केन्द्र स्थापना

Published On: In Category: विज्ञान - प्रविधि

धनकुटा / पाख्रिवास नगरपालिकामा रहेको एक सामुदायिक विधालयमा ईलेक्ट्रोनिक गाउँ (E-Village) केन्द्रको स्थापना गरिएको छ । पाख्रिवास नगरवापालिका वडा नं ११ फलाटेमा रहेको अमर माविमा जिल्लाकै पहिलो पटक आधुनिक कम्प्युटर ल्याव सहितको ईलेक्ट्रोनिक गाउँ केन्द्रको स्थापना गरिएको हो ।

बिधार्थी सहित स्थानियवासीले ईन्टरनेटको माध्यमवाट शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि लगायत आफुलाई आवश्यक पर्ने विषय वस्तुहरुको वारेमा सहजै रुपमा जानकारी लिन सहयोग पु¥याउने उद्देश्यले केन्द्रको स्थापना गरिएको सुचना प्रविधि विभागका निर्देशक रमेशराज सुवेदीले वताएका छन् ।

ईलेक्ट्रोनिक गाउँ (E-Village) केन्द्रको स्थापना गर्न नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय सुचना प्रविधि विभाग मार्फत विधालयलाई ६ लाख ५० हजार मुल्य बरावरका उपकरण तथा सामग्रीहरु प्रदान गरिएको छ । जसमा ल्यापटप एक थान, बा्रन्डेड डेस्कटप दुई थान, फोटोकपि मेसिन एक थान, प्रिन्टर / स्क्यानर एक थान, मल्टी मिडिया प्रोजेक्टर एक थान रहेको विधालयका प्रध्यानाध्यापक दिपेन्द्र राईले वताएका छन् ।

यसैगरि साउण्ड सिस्टम एक थान, सोलार प्यानल दुई थान, इर्खवटर एक थानका साथै राउटर, व्याट्रि, हार्डिस्क लगायतका सामाग्री रहेका छन् । गाउँमा रहेको विधालयमा आधुनिक कम्प्युटर ल्याव सहितको ई भिलेज केन्द्र स्थापना भएसँगै कम्प्युटरको प्रयोग  र ईन्टरनेटको माध्यमवाट धेरै कुराको जानकारी लिन पाउने भए पछि विधार्थी तथा स्थानियवासीले खुसि व्यक्त गरेको केन्द्रका अध्यक्ष कुल वहादुर भण्डारीले वताए ।

यस वर्ष धनकुटा सहित देशभरका १५ वटा स्थानमा ईलेक्ट्रोनिक गाउँ (E-Village) केन्द्रको स्थापना गर्ने कार्यक्रम रहेको विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । उपकरण तथा सामग्रीहरु एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

केन्द्रका अध्यक्ष कुल बहादुर भण्डारीको अध्यक्षतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा सुचना प्रविधि विभागका निर्देशक रमेशराज सुवेदीले विद्यालयका प्रध्यानाध्यापक दिपेन्द्र राईलाई हस्तान्तरण गरेका थिए । उपकरण तथा सामग्री हस्तान्तरण कार्यक्रममा पाख्रिवास नगरपालिका कार्यालयका प्रतिनिधि ठगेन्द्र प्रसाद अधिकारी, गैर सरकारी संस्था महासघंका प्रतिनिधि पर्शुराम नेपाल, श्रोत व्यक्ति केदार प्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।