छैठौ टुवोर्ग रारा कपको उपाधी भेडेटारको पाथिभरालाई

Published On: In Category: खेल / मनोरन्जन

नरेन्द्र कश्चित,  धनकुटा / धनकुटा राजारानीमा सञ्चालन भएको छैठौ टुवोर्ग रारा कपको उपाधी भेडेटारको पाथिभरा फुटवल क्लव विजयी भएको छ ।

पाथिभरा फुटवल क्लवले झापाको विर्ता युथ फुटवल क्लवलाई सडन डेथमा पाँच गोलका विरुद्ध छ गोल लगाई उपाधी चुमेको हो । उपाधी सँगै विजेताले एक लाख एक हजार एक सय ११ रुपैया हात पा¥यो भने उपविजेता विर्ताले ५१ हजार पाँच सय ५५ रुपैयामा चित्त वुझायो ।

निर्धारित समयमा दुवै टीमवाट एक एक गोल गरी वरावरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत दुवैतर्फवाट गोल हुन नसकेपछि खेल टाई व्रेकरको माध्यमवाट टुङ्गयाईएको थियो । निर्धारित समयमा विर्ताका तर्फवाट सञ्जोग राईले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए । विर्ताका तर्फवाट वुद्ध चेम्जोङ्गको सशक्त प्रहार पाथिभराका रक्षापंक्तीका खेलाडीवाट राईले गोल गरेका थिए । पाथिभराका तर्फवाट दोश्रो हाफमा सुमन लिम्वुले गोल गर्दै आफ्नो टीमलाई वरावरीमा पु¥याएका थिए ।

खेलसमयवधि भित्र सशक्तरुपमा प्रस्तुत भएको विर्ताले विपक्षीलाई निकै दवावमा राखेको थियो । विर्ताका सशक्त प्रहारहरु पाथिभराका गोलरक्षक विनय श्रेष्ठले सानदार वचावट गरेका थिए । पाथिभराका गोल रक्षक श्रेष्ठको उत्कृष्ट प्रर्दशनले पाथिभरालाई उपाधी चुम्ने वाटो खुलेको हो । सडनडेथमा विर्ताका विक्रम लिम्वुको प्रहार पाथिभराका गोलरक्षक श्रेष्ठले सुन्दर वचावट गरी उपाधी चुमेको हो ।

विजयी घोषणापछि पाथिभराका प्रशिक्षक कौशल राईले गोलकिपर श्रेष्ठको उत्कृष्ठ प्रदर्शनकै कारण विजय सम्भव भएको वताए । विर्ताका प्रशिक्षक कार्लोस लिम्वुले उत्कृष्ठ खेल प्रर्दशन गरेपनि फिनिसिङ्ग हुन नसक्दा पराजय व्यहोर्न परेको वताए ।