आगलागीबाट रु तीन लाखको क्षति

Published On: In Category: विविध समाचार

सप्तरी, ३१ वैशाख । सप्तरीको कटैया–१ मा बिहीबार साँझ आगलागी हँुदा रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी गर्व माझीको घरबाट अचानक सल्केको आगोले निजको दुई घर र छिमेकी बुद्धिलाल माझीको एउटा घर जल्दा सो मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कुन कारणले आगलागी भएको खुलाइएको छैन । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद गरी रु तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुणयन्त्रणले नियन्त्रणमा लिएको बताइएको छ ।

 

Related Tag: Saptari