दक्षिण कोरियामा युवक सुतेकै अवस्थामा मृत फेला

Published On: In Category: विविध समाचार

पाँचथर, ३१ वैशाख । पाँचथर जिल्ला फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् । सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट कुसुम वास्कोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राती १२ बजेसम्म फोनमा गफ गरी सुते पनि बिहान उठ्दा भने सुतेको ठाउँमा उनको मृत्यु भएको सँगै सुतेका साथी प्रकाश खनालले बताउनुभयो । उहाँका अनुसार सोमबार रुखाखोकीको लक्षण उनमा देखिएको थियो । घटनाबारे नेपाली दूतावासका श्रम सहचारीलाई जानकारी गराएको उहाँले बताउनुभयो । अविवाहित राई एक वर्षअघि कोरिया गएका थिए ।