श्रेष्ठ र केसीलाई सम्मान

Published On: In Category: खेल / मनोरन्जन
श्रेष्ठ र केसीलाई सम्मान

कुशल श्रेष्ठ / न्युयोर्क ओपन करातेमा खुल्ला काश्य पदक विजेता साथै मकाउ राष्ट्रिय कराते च्याम्पियनसीपका पदक विजेता लोकमान सिंह श्रेष्ठ र फीलीपीन्समा भएको तेश्रो निसिमुरा कप कराते प्रतियोगितामा खुल्ला तौल समुहमा रजत पदक विजेता तथा अन्तराष्ट्रिय वादोकप २०१६ जर्मनीमा काश्य पदक विजेता सिमोन खत्रीलाई नेपाल स्पोर्ट्स क्लबले नगद २५ हजार रुपैयाले सम्मान गरेको छ ।

लोकमानले सन् २०१५ र २०१६ मा भएको न्युयोर्क ओपनमा काश्य पदक जितेका थिए । उनले मकाउबाट पूर्वी एसियाली कराते च्याम्पियनसीप २०१५ मा सहभागिता जनाउदै काश्य पदक जितेका थिए । सन् २०१४ मा जर्मनीमा भएको बिश्व कराते च्याम्पियनसीपमा पनि उनले सहभागिता जनाएका थिए । उनले यसै बर्ष अमेरिकामा भएको प्रतिष्ठित युएस ओपन कराते प्रतयोगितामा सहभागिता जनाएका थिए । उनले बि.स २०५३ मा भएको चौथो क्षेत्रीय कराते प्रतियोगितामा दोश्रो स्थान पाएका थिए । उनी बि.स २०५२ मा नुवाकोटमा साहयक प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हालेका थिए । हाल उनी मकाउको राष्ट्रिय टोलीमा रहेका थिए ।

सिमोनले यस अघि सन् २०११ मा भारतमा भएको बादोरियो कराते च्याम्पियनसीपमा स्वर्ण पदक जितेका थिए । यसैगरी सन् २०१४ मा भएको चौथो वादोरियो कराते तथा सन् २०१२ मा मलेसियामा भएको १० औं अन्तराष्ट्रिय कराते प्रतयोगितामा सिमोनले स्वर्ण जितेका थिए । कार्यक्रममा नेपाल स्पोर्ट्स क्लबका सचिव कुशल श्रेष्ठ लगायतले श्रेष्ठ र केसीलाई सम्मान गरे । कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्ग र महासचिव हरिशरण केसीको उपस्थिती थियो ।

 

Related Tag: Sports