भिम नारायण गोल्डकपको उपाधि बिआरसी भूटानलाई

Published On: In Category: खेल / मनोरन्जन
 भिम नारायण गोल्डकपको उपाधि बिआरसी भूटानलाई

नरेन्द्र कश्चित / २५ वैसाख / धनकुटा /
धनकुटामा जारी शहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तरगत आज भएको फाइनल खेलमा फ्यान्स क्लब बिआरसी भूटान बिजयी भएको छ ।

गोधुली क्लव धरान सुनसरी बिच भएको खेलमा समय अभावका कारण ट्राइब्रेकरमा ४—२ गोल गर्दै फ्यान्स क्लव बिआरसी भूटानले नगद रु २ लाख र ट्रफी चुमेको हो । खेलको पहिलो हाफ टाइममा दुबै टिम आक्रामक रुपमा प्रस्तुत भए पनि गोल हुन सकेन । फ्यान्स क्लव बिआरसी भूटानका जर्सी नं. १७ का राज पौडेलले पहिलो हाफको अन्त्तिम समयमा गोल गर्ने राम्रो अवसर पाए पनि गोल हुन नसके पछि खेल पहिलो हाफ बराबरीमा अन्त्य भएको थियो । खेलको पहिलो हाफमा दुबै टिमका खेलाडीले गोल गर्ने उपर्युक्त अवसर पाए पनि गोल गर्न सकेका थिएनन् । सयौ दर्शकहरुको उपस्थितिमा सम्पन्न खेलको दोस्रो हाफको ७० औ मिनेटमा फ्यान्स क्लव बिआरसी भूटानका जर्सी नं. ११ वर्तमान राईको सटिक पासमा जर्सी नं. १५ का सुमन लामाले प्रहार गरेको बल विपक्षी गोधँुली क्लव धरान सुनसरीको गोल पोष्ट चुमे पछि खेलमा फ्यान्स क्वल बिआरसी भूटानले अग्रता लिएको थियो । खेलको ८५ औ मिनेटमा फ्यान्स क्लव बिआरसी भूटानको डी एरिया भित्र गोधँुली क्लवका खेलाडी जर्सी नं. १० का निशान्त राईलाई लडाए पछि पेनाल्टी पाएका थिए । पेनाल्टीमा जर्सी नं. १६ का चाल्स राईले गोल गरि गोधुँली क्लवले खेल बराबरी गरे पछि खेल रोचक बनेको थियो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले बराबरी खेले पछि साँझ हुन लागि समय अभावको कारणले खेल ट्राइबेकरबाट निर्णय गरिएको थियो ।

आज भएको १२औ शहिद भिम नारायण अन्त्तर्राष्ट्रिय गोल्ड कपको बिजेता टिम फ्यान्स क्लव बिआरसी भूटानले नगद रु २ लाख र ट्रफी हात पारेको छ भने उप विजेता टिम गोधुँली क्लव धरान सुनसरीले नगद रु १ लाख र ट्रफी हात पारेको छ ।
आज भएको खेलमा फ्यान्स क्लव बिआरसी भूटानका जर्सी नं. १२ का दिनेस कार्की म्यान अफ दी म्याच घोषित भए भने उनले नगद रु ३ हजार र प्रमाण पत्र वितरण गरिएको थियो ।

खेल अवधी भरि कै सर्वाेत्कृष्ट खेलाडी म्यान अफ दी सिरिज गोधँली क्लव धरान सुनसरीका जर्सी नं. ४ का पिटर घोषित हुन सफल भए भने उनले नगद रु २० हजार बराबरको मोबाइल र प्रमाण पत्र प्रदान गरिएको छ । हाइ स्कोररको रुपमा खेल अवधी भरमा ३ गोल गर्न सफल भएका गोधँुली क्लव धरान सुनसरीका जर्सी नं. १२ का मिलन राई घोषित भए उनले नगद रु ५ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसै गरि राइजिङ प्लेयरको रुपमा आयोजक धनकुटा ११ का जर्सी नं. ४ का सरोज रिजाल घोषित भए भने उनले नगद रु ५ हजार र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै सर्वाेत्कृष्ट गोलरक्षकमा फ्यान्स क्लव बिआरसी भूटानका जर्सी नं. दिनेस थापा घोषित भए उनले नगद रु ५ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । सर्वाेत्कृष्ट डिफेन्सको उपाधि फ्यान्स क्लव बिआरसी भूटान कै जर्सी नं. ४० का सुशान लामाले नगद रु ५ हजार र प्रमाण पत्र हात पारे । त्यस्तै बिआरसी भूटान कै जर्सी नं. १३ का रुपेश केसी सर्वाेत्कृष्ट मिड फिल्डरको उपाधि सँगै उनले नगद रु ५ हजार र प्रमाण पत्र हात पार्न सफल भए । सर्वाेत्कृष्ट कोचको रुपमा बिआरसी भूटानका युगल किशोर राई घोषित भए भने उनले नगद रु ५ हजार र प्रमाण पत्र हात पारे । साथै खेलको नियमित रिर्पोटिङ गरेको भन्दै नागरिक दैनिकका संवाददाता सिद्धराज राई र इमेज टेलिभिजनका कविराज घिमिरेलाई नगद रु ३ हजार सहित प्रंशसा पत्र प्रदान गरिएको छ ।

बैशाख १८ गतेबाट शूरु भएको १२औ शहिद भिम नारायण अन्त्तर्राष्ट्रिय गोल्ड कपको समापन कार्यक्रम आयोजक समितिका अध्यक्ष शम्भु प्रधानको अध्यक्षतामा सम्पन्न भयो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको प्रमुख आतित्थ्यमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि रुपमा नेपाली काँग्रेस धनकुटाका सभासद माननीय मनोहर नरायण श्रेष्ठ रहनु भएको थियो । आज सम्पन्न भएको १२औ अन्त्तराष्ट्रिय शहिद भिम नारायण गोल्ड कप फुटबल प्रतियोगितामा जम्मा ८ वटा क्लवहरुले सहभागिता जनाएका थिए ।