गोधुली क्लब फाइनल प्रबेश

Published On: In Category: खेल / मनोरन्जन
गोधुली क्लब फाइनल प्रबेश

धनकुटा/ सुनसरीका गोधुली क्लब धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फूटबल प्रतियोगिताको १२ औं संस्करणको विहिवार जारी दोस्रो सेमिफाइनल खेलमा जीत हात पार्दै फाइनल प्रवेश गरेको छ ।

गोधुलीले डिफेन्डिङ च्याम्पिएन रमपम झापा ११ लाई टाईब्रेकरमा हराउदै फाइनल प्रवेश गरेको हो । डिफेन्डीङ्ग च्याम्पीयन रमपम झापा ११ लाई टाईबेकरमा ४—२ गोल अन्तरले पराजित गर्दै फाईलनमा बिआरसि भुटान संगको भेट पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको १४ औ मिनेटमा गोधुलि क्लवका पिटरले पहिलो गोल गदै आफ्नो अग्रता दिलाएका थिए । तर खेलको ३६ औ मिनेटमा डिबक्स नजिकै पाएको फ्रि किकको फाईदा उठाउदै झापाका सुमिन मैनालीले डाईरेक गोल गदै खेललाई बराबरीमा फर्काए । दुवैतफै गोल गर्ने पर्याप्त मौका सदुपयोग गर्न सकेनन् । झापाका ११ नं जर्सीका कर्ण लिम्बुले सुनसरीको गोल पोष्ट नजिकबाट दुई पटक प्रहार गर्ने मौकालाई गोलकिपर रोकेर निराश पारिदिए । यसैगरी डि एरिया नजिकमा फल हु“दा गोधुलीका तर्फबाट प्रहार भएको बल पनि बाहिरिएपछि दुवै टिमको घम्साघम्सी भने जारी रह्यो । गोधुलीका ७ नं.जर्सीका प्रकाश बुढाथोकीले खेल अवधिको अन्तिम क्षणमा गोल गर्ने पाएको मौका समेत पोष्ट नजिकैबाट बल बाहिरीएको थियो ।

खेलको बाकी अवधिभर कुनै गोल नभएपछि खेल अतिरिक्त समय तर्फ धकेलिएको थियो । थप गरिएको १५ मिनेटमा पनि दुबै तर्फवाट गोल हुन नसकेपछि टाईबेकर तर्फ धकेलियो । टाईबेकरमा सुनसरीका मिलन राई, हेमन्त थापा मगर, प्रकाश बुढाथोकी, र निराजन खड्काले गोल गरे भने झापाका तर्फवाट सुमिन मैनाली र सुमन राईले मात्र गोल गरे । झापाका देबेन्द्र तामाङ्गको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो भने कर्ण लिम्बुको प्रहार सुनसरीका गोल बिष्णु सुनुवारले रोकेका थिए । खेलमा म्यान अफ द म्याच बिजयी टिमका बिदेशि खेलाडी पिटर घोषित भए । प्रतियोगिताको फाईनल खेल बिआसी क्लब भुटान र गोधुलीबिच आगामी सनिवार हुने आयोजकले जनाएको छ ।