भरिया दाई

Published On: In Category: साहित्य

 

टन्टलापुर घाम छ,

सुसेल्दै गरेको

वर्तमानको समय सँगै

निरन्तर दौडिरहेको छ ,

उकाली ओराली गर्दै

तराईको फाँटहरुमा पहाड पाखाहरुमा

कहिल्यै

पहाड अनि कहिल्यै मधेशमा,

जिन्दगी दौडाई रहेको छ,

घडीको समयसँगै त्यो

साहुको भारी बोकी

आफ्नो जहान परिवार पाल्न

र जिन्दगी गुजरा गर्नको लागि

न घाम न पानी, झरी बादल वर्षा

बिसाई

ढाकर भरी समान बोकी

नाम्लो खकन र टेकुवाको साथमा

हावाहरुसँगै सुसेल्दै

भरिया दाई जीवन गुजरा चलाई राखेका छन्,

सुनकोशीको वगरमा

वालुवा र घामको तापमा

तप्प तप्प पसिना चुहाएर भरिया दाई

साहुको भारी बोकी सदावहार दौडिरहेको छ,

विहान बेलुका छाक टार्नका लागि

ती निलो आकाश ओडी

नदीको किनारमा धर्ती विछ्याई

आफ्नो दुःख व्याथा सारा विर्सिई

सुत्छ त्यही बगरमा अनि हिड्छ

गह्रुँगो भारी बोकी

उकारी ओराली गरिरहन्छ

विचरा भरिया दाई

निरन्तर.......निरन्तर.....।।

     बतासे–१, खोटाङ