ब्याडमिन्टन संघमा श्रेष्ठ

Published On: In Category: खेल / मनोरन्जन
ब्याडमिन्टन संघमा श्रेष्ठ

राजेश्वरबहादुर श्रेष्ठ
जिल्ला ब्याडमिन्टन संघ, धनकुटाको सम्पन्न प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यज्ञश्वर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको ४ जना उपाध्यक्षमा वीरेन्द्र आङबुहाङ, रमेश शाक्य, लक्ष्मण प्रधान र रीता राईलाई चयन गरेको छ । यसैगरी सचिवमा शिखर श्रेष्ठ, कोषाध्यक्षमा किरण प्रधान सहसचिवमा निरन राई चयन गरिएको छ । समितिको सदस्यहरुमा विमला राई, आशिष तामाङ, राजकुमार राई, जितेन्द्र रुम्दाली राई, सन्दिप श्रेष्ठ, सृजना भूजेल र श्याम राना चयन भएको छ ।
यसैगरी रामनारायण श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा केशर तुम्सा लिम्बू, मनोजनारायण श्रेष्ठ, नारायण विक, लक्ष्मण खड्का, दिपक लामा र रोशेष श्रेष्ठ चयन गरिएको छ ।
तदर्थ समितिका अध्यक्ष रामानारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा प्रमुख अतिथि संघका केन्द्रिय सदस्य चन्द्रशेखर लामाले उद्घाटन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले ब्याडमिन्टन खेललाई व्यवस्थित गर्दै नियमित रुपमा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिए । उनले ग्रामीण क्षेत्रमा पनि व्याडमिन्टन खेल लोकप्रिय भईरहेको बताउँदै यसलाई थप परिमार्जन गर्न प्रशिक्षकको व्यवस्था गर्न पहल गर्ने बताए । कार्यक्रमको सञ्चालन नारायण विकले गरेका थिए ।

 

 

Related Tag: Sports