उन्नत स्याउ खेति प्रबिधि

Published On: In Category: कृषि विशेष

प्रबिणलाल श्रेष्ठ

बगैचाको योजना

      एक चोटि बिरुवा रोपि सकेपछि पुर्न पछि कुनै सुधार गर्न सकिदैन तर्सथ बिरुवा रोप्न भन्दा अगाडीनै कुन तरिकाले रेखांकरण गरेर बिरुवा लगाउने हो सोको आफ्नो जग्गाको संरचना हेरेर गर्नु पर्दछ ।

बगैचा रेखाङ्कन विधि

 सामान्यतया बिरुवा ५ किसिमले रेखाङ्कन गर्न सकिन्छ ।

 १) वर्गाकार तरिका

 २) आयतकार तरिका

 ३) षटकोण वा त्रिभुजाकार तरिका

 ४) क्वीनकन्स तरिका

 ५) कन्टुर तरिका

  बिरुवा लगाउने दुरीः

  बिरुवा लगाउने दुरी निम्न अनुसार कायम गरिएको छ ।

   पुड्र्के जातहरु              (८–१२ फिट (२.५–४मिटर)

   अर्ध पुड्र्के जातहरु          (१५–२० फिट(५–७मिटर)

   स्टेन्डर जातहरु             (२५–३० फिट(८–९मिटर)

बिरुवा लगाउने समयः   

स्याउको बिरुवा सुसुप्त अवस्थामा वा पालुवा नआउदै रोपेको खण्डमा राम्रो हुने भएकोले हिउदमा रोपीन्छ, स्याउ लगाउने ठाउको उचाइको आधारमा पौष- माघमा रोप्ने गरिन्छ ।

 

तालिम तथा काटछाटः

स्याउका बोटहरुलाई आफुले चाहेको स्वरुप वा आकार दिन जुन किसिमको काटछाँट गरिन्छ त्यसैलाई तालिम भनिन्छ । स्याउमा काटछाट माघको अन्तिम देखि फागुन को अन्य सम्म गर्दा राम्रोे हुन्छ । यो निम्न उदेश्यहरुको लागि गरिने भएकोले ज्यादै महत्वपूर्ण छः

  • बिरुवाको बिचको भाग तथा पातमा बढि हावा तथा प्रकाश पू¥याउर्न जस्ले गर्दा बिरुवालाई बढि भन्दा बढि खाद्य तत्व उपलब्द हुने र फलको गुणस्तरमा पनि वृद्धि हुन्छ ।
  • बिरुवा लाइ चाहेको आकार प्रकार दिन लाई तथा कृषि कार्यलाई सजिलो पार्न जस्तै विषाधी प्रयोग गर्न,फल टिप्नलाई आदि ।
  • फल दिने हाँगा लाई आवाश्यकता अनुसार राखि सन्तुलित बनाउन ।
  • बिरुवालाई हावा तथा अन्यबाट बचाउन । 

मलखाद्यको प्रयोग

रसायनिक मल

मुख्य तत्व                      बिरुवाको उमेर (बर्ष)

                                       २     ३     ४     ५     ६     ७     ८     ९     १०

नाईटूोजन (ग्राम प्रति बोट)   १००   १५०   २००   २५०   ३००   ३५०   ४००   ४००   ४००

फस्फोरस (ग्राम प्रति बोट)   ५०    ७५   १००   १२५   १५०   १७५  २००   २००   २००

पोटास  (ग्राम प्रति बोट)    २०    ३०    ४०    ५०    ६०    ७०    ८०    ८०    ८०  

कम्पोष्ट - गोबर मल

रसायनिक मलको बढि प्रयोग बाट माटोको गुणस्तर कम हुने हुर्दा कहिलेकाहि बिरुवा ले दिएको मल पनि जराले लिन नसक्ने अवस्थामा परिर्वतन हुर्न जान्छ त्यसैले कम्पोष्ट÷गोवर मलको प्रयोग धेरै ÷थोरै बर्षेनी प्रयोग गरेको खण्डमा माटोको गुणस्तर सुध्रन जान्छ । स्याउको बोटको उमेर र बोटको साइज अनुसार राम्रो संग तयार भएको कम्पोष्ट मल वा गोबर मल ५०-२०० के.जी. सम्म १(४ डोको प्रति बर्ष दिनु पर्छ । मल हिउदमा काटछाट गरि ७५% र बाकी २५% पूर्ण रुपले फुलि सकेपछि दिदा ज्यादै राम्रो हुन्छ । 

मलखाद्यको प्रयोग

मलखाद्य बोट बिरुवालाई हांगा फैलिएको भाग जति मा खनजोत गरि दिनु पर्दछ । त्यसमा यूरियाको आधा भाग र कम्पोष्ट मल फेदको वरिपरि ( फेद वाट १-१.५ फिट परबट ) छरेर माटोमा मिलाइ दिने र डि.ए.पी. र पोटास बोटको हाँगा फैलिएरको ठिक तलबाट  गोलाकार रुपमा १५ से.मी. गहिरो कुलेसो बनाई दिने । सके सम्म यो कार्य मंसिर÷पौष भित्रमा गर्ने आधा युरिया माथि दिए जस्तै गरि जेठ महिना तिर दिने । बैशाख जेठ तिर हरियो मलको रुपमा भटमास (कोषेवाली) लाई ऋबलयउथ बचभब मा लगाएर अषाढ- श्रावन तिर सोहि ठाँउमा माटोमा मिलाउदा युरिया(नाइटूोजन) को प्रयोग १५(२५% कम हुनुको साथै माटोको त्तगबष्तिथ मा सुधार गर्न सकिन्छ ।

सिंचाई - गोडमेल

स्याउमा चिस्यानको कमि का कारण फल÷ फुल झर्ने समस्या देखिन सक्छ ,खास गरि बैशाख,जेठ,अषाढ महिनामा यदि वढि सुख्खा लागेमा ८-१० दिनको फरकमा सिंचाइ दिइराख्नु पर्दछ । सिंचाई गर्दा बोटको २ फिट गहिरोभागको माटो नभिजे सम्म  पानी दिई रहनु पर्दछ ।  बर्षाद शुरु भएपछि झारपातको समस्या ले सताउने हुर्दा झारपात नाशक विषादी वा गोडमेल गरिरहनु पर्छ ।

स्याउ टिप्ने

फल पूण परिपक्क भएको अवस्थामा टिप्नु पर्दछ । परिपक्क स्याउले वजार मुल्य राम्रो पाउने गर्दछ । फल नपाकी टिपेको खण्डमा फल सानो, अमिलो,रंग नचढेको तथा स्वाद राम्रो नभएको हुन्छ । यसैगरि बढि पाकेपछि स्याउ टिपेमा स्याउ फल वोट वाट झर्ने रंग फिक्का हुने स्याउ स्वादिलो नहुने तथा स्याउमा ध्बतभच अयचभ तथा द्यष्ततभच दष्त जस्ता विकृति हरु देखापर्दछ ।

स्याउको पूरै फुल फुलेको दिन देखि स्याउ फल टिप्ने बेला सम्म को दिन गन्ती गरेर पनि स्याउ फल टिप्न सकिन्छ । यो ठाउ अनुसार फरक परेन भने सामान्यतया निम्न अनुसार स्याउ परिपक्क भएको पाइन्छ ः

  • रेड डेलिसियस - १३०–१३५  दिन
  • रोयल डेलिसियस - १२५–१३०  दिन
  • गोल्डेन डेलिसियस - १४०–१४५ दिन
  • रिचा रेड -  १३०–१३५)  दिन

स्याउ टिप्ने समय को पहिचान स्याउ टिपीरहेको समय लाइ पनि संकेत गर्न सकिन्छ सामान्यतया सोलुखुम्बुमा भाद्र १५ – असोज १५ सम्म राम्रो हुन्छ । स्याउ बिउको रंग, फलको आकार, स्याउको फल बोक्राको रंग आर्दि लाई पनि आधार मानी गर्न सकिन्छ ।

फल टिप्ने समयमा आवाश्यक सामाग्रीहरुको बन्दोवस्त मिलाउनु पर्दछ । जस्तैः काठ वा प्लाष्टिकको क्रेट,डोको आर्दि । फल टिप्दा फल लाई हल्का माथितिर हातले धकेलेर फल भेटनो वाट अलग हुन्छ र फल लाई चोट पटक नलाग्ने गरि सुरक्षित रुपमा क्रेटमा राख्नु पर्छ ।

ग्रेडिङ्ग

ग्रेडिङ्ग गर्दा तल दिए बमोजिम गर्नु पर्दछः

क.स.  फलको ग्रेड   फलको व्यास (मि.मि.)

१.       धेरै ठुलो         ८० वा सो भन्दा माथि

२        ठुलो    ७५

३       मध्यम           ७०

४       सानो   ६५

५.      धेरै सानो ६० वा सो भन्दा तल

भण्डारण

भण्डारण कोठामा सापेक्षित आद्रता ८५ - ९०% र तापक्रम ४७ डिग्री हुने गरि व्यवस्था मिलाएको कोड स्टोर वा सेलार स्टोर मा स्याउ लाई भण्डारण गर्न सकेमा करिव २- ३ महिना सम्म भण्डारण गर्न सकिन्छ । यदि आद्रता कम र तापक्रम बढि भएमा स्याउ चाउरिने, छिटै सडने समस्या आउन सक्छ ।

सल्लाह सुझावको लागि prabin_sths @gmail.com

Related Tag: Agriculture Education