बाणी

Published On: In Category: साहित्य

गोपाल पौडेल ‘वसन्त’

यौटा वाक्य  बनेर झट्ट मुखमा आयो, भनेको थियो

कैयौ वाक्य बनेर झम्टन गए कस्तो ठहरै भयो               

गोलीबाट मरिन्छ पड्कन गए भन्छन् सिपाहीहरु              

बोलीमा जति शक्ति हुन्न त्यसमा  मर्छन् हजारौ अरु           

बन्छन् बाक्यहरु गुणोक्तर भई के के भनी डुल्दछन्      

लाप्पा पर्दछ भीड्दछन् अझ अरु निर्घात पिट्दा

रछन् बन्दा छन् कविता कथा रहरका जीब्रा भरि खेल्दछन्            

यौटा अर्थ दियो तुरन्त उसको अर्को उता जन्मियो       

अर्कै अर्थ बनेर वाक्यहरुको समृद्ध भाषा बन्यो                

तस्मात् बक्क बनाउँदा बची बची निर्माण गर्ने गरे

धेरैलाई भएछकष्ट त्यसमा  त्यो तीर जस्तै अरे               

चर्चा गाउँ हुदै उता शहरमा हावा सरी फैलियो                 

धेरैको दिल वैलियो दुख भयो पीडा असाद्धै भयो         

शक्ति प्राप्त गरेर शब्दहरुले खेल्नेहरु हो सुन             

लाग्दा मर्न सकिन्छ सोच्नु शिरमा धेरै न बोल्ने मन           

बोल्दा वाक्य मिलाई होस गरदै यस्ले कहाँ पर्दछ              

भन्ने ख्याल गरेर बाक्यहरुको उद्गार राम्रो रछ                

यो बम्हान्डमा भए अणु जति ती शक्तिका सचय        

त्यस्को सयमचै मिलाई रहने त्यो वाक्य हो निर्भय            

वाणीका भरमा अडेछ दुनियाँ यस्लाई सझी रहे                

यस्का खेल विनाश कारण हुदा हेक्का गरी नै रहे        

मान्छेको परमाणु शब्द रहँदा सघर्षमा ब्यस्तछन्              

–         धनकुटा ५, नेपाल