मनको उचाई

Published On: In Category: साहित्य

भोगेन्द्र पारदर्शी

 

आधुनिक भएर के गर्नु आवरण

बिचार भए उस्तै पुरातन

एक रास कमएर के गर्नु धन

एक बुँद सुखी छैन भने मन

  बसे पनि सुनै सुनको गलैचामा

  बसेपनि पुरानो काठको फलैचामा

  उस्तै उस्तै हो जीवन मृत्यूको बगैचामा

माया र मोहले पिरोलेको मन

हो कि होइन सोचेर भन

तिम्रै मनले दिन्छ दुःख पनि

तिम्रै मनले दिन्छ सुख पनि

मन नै हो उचाई उड्ने चङ्गा

मन नै हो गहिराईमा बग्ने गंगा

   लडेर के गर्नु युद्ध

   ढोगेर के गर्नु बुद्ध

  मनै नभएर शुद्ध

राख्न सकिन्न मन आफैसंग टासी

बाँचुञ्जेल हामी मनकै दासी

न सकिन्छ सरापेर बगाउन काशी

जीवन घुम्छ मनकै सेरोफेरो

बाँचुञ्जेल मात्र तेरो मेरो

मरेपछि पाउने कात्रो एकसरो

आउछौ नाङ्गै जान्छौ नाङ्गै

मन पनि जान्छ हामी संगै

   त्यही मनले पुजेर हिड्छ ढुंङगा

   त्यही मनले कुल्चेर हिड्छ ढंङगा

   खियाई बस्छ दुवै तीर डुङ्गा

दुःखले सुख जीन्दगीको हाल

मन फाटे मनले टाल

लोभ, लालच, मोह फाल

यस्तै छ मनको छाल

निको छैन साथी मनको चाल ।

        पौवासारतप–३, पाचथर