गजलः पदम राई ‘सहिद’

Published On: In Category: साहित्य

सयौ विरगाथा गाएको मेरो धनकुटा

विश्व संग माया लाएको मेरा धनकुटा

 

छिन्ताङ देखि भेडेटार हजार दर्शनीय स्थलहरु

एशियाकै ठूलो रुख पाएको मेरो धनकुटा

 

पूर्वकै काखमा रमेको पूर्वाञ्चलकै मुटु

हजार सहिदहरु आएको मेरा धनकुटा

 

हिले धनकुटा सुन्दर नगरीमा बसौन एकछिन

मिठो गुलियो अमृत खाएको मेरा धनकुटा

 

घुम्न आउनुहोस न तमोर माथिको पुल हुदै

पूर्व अञ्चलमै रमाएको मेरो धनकुटा ।

        महाभारत–६, धनकुटा