र छुटन नहुने बुँदाहरु

Published On: In Category: साहित्य

मुकुन्द प्रयास

 

यसपाली

लेखिएछ भने संविधान,

नछुटुन तपशिलका बुँदाहरु ।

पहिलो बुँदामा

सडक नखनियोस् भनेर लेखियोस्

सडकले जम्मै खोस्यो

भारी बोकेर खाने अधिकार

यो देशको नागरिकले

भारी बोकेर खान पनि नपाउनु ?

दोस्रो बुँदामा लेखियोस्

रेमिट्यान्स भित्रिन नपाउने कुरा

युवाको कमाईले देश चल्न हुँदैन

देशले आफै श्रम गर्न पाउने अधिकार सुनिश्चित होस् । तेस्रो बुँदामा

औषधी र अस्पता बन्द गरियोस् भनेर लेखियोस्

उपचारले बाँचिने आशामा

सुदूर अस्पताल दौडाएरको बिमारी बाटैमा नमरोस् घरैमा मर्न पाउने अधिकार सुनिश्चत होस् ।

चौथो बुँदामा

विद्यालय बन्द गरियोस् भनेर लेखियोस

बुझ्न हुँदैन सत्य कुरा बालकले ।

पाँचौ बुँदामा लेख्ने कुरा

सोध्नुपर्छ आमाहरुलाई

दिदीहरुलाई

भाउजुहरुलाई ।

छैटौ बुँदामा

प्रेमीका गुनासाहरु छन्

र छन् असहमतिहरु

बाढीबाट जोजिएकाहरुको

गोलीबाट बचेकाहरुको

जोगिन गाह्रो आँखाहरुको

मनहरुको

ढुकढुकीहरुको

रातो रङको ।

अटेछ भने कुनै बुँदामा

लेखिदिनु कविता लेख्नेहरुको कुरा ।

धनकुटा, नेपाल