गजल - निराजन बतास

Published On: In Category: साहित्य

पाठो र पाडोको मोल एउटै भो लौं

उखु र तोरीको कोल एउटै भो लौं,

 

दुनिया अन्धो छैन देख्न बाहिरी भित्री

गधा र गाईको खोल एउटै भो लौं,

 

घाम जुनको बेग्लाबेग्लै हुन्छ टहक राम्रो

आलु पिडालुको यो झोल एउटै भो लौं,

 

कुहिने र सद्देको गुन दाँज्न नमिल्नुथ्यो

गुन बैगुन बेग्लै तर पोल एउटै भो लौं,

 

सेतो राम्रो कालो राम्रो सेतोकालो भन्दा

सेतो र कालोको अचेल टोल एउटै भो लौं ।

थिदिङखा– १, भोजपुर (हाल काठमाडौं)