समय अस्वमेघ

Published On: In Category: साहित्य

- प्रविण राई जुमेली

 

अमूर्त छ टापहरु

आभास ध्वनित भएको यात्राहरुमा

आत्मसम्मोहित ।

कारागार कुनैले पनि नकार्न सक्षमता

कैदी नबनाउन सक्ने प्रवासलाई

ब्रम्हाण्ड रङ्गशाला बाँधिएका तर

झिटिझ्याम्टी हामी–

          कुन्तावाही दशएकहरु

          खेलाडीहरु कुन्तवाही ।

स्वरहरुमा अश्रुत ध्वति–

दृश्यहरुमा अदृश्य स्वरुप–

स्पर्शहरुमा अनुभूतिहीन उपस्थिति–

          टापहरुको ।

पेय सारेर गिलासमा

पौरुषता मदशाला घाईएपछि

नजानी सक्नु विध्वंस देखाएको त्यसले

क्रमशः प्रत्यक्ष छापाहरु टास्दै

क्रमशः अप्रत्यक्ष छापाहरु उप्काउदैछ ।

          रोक्न सकेको वीरतामा

          थामेर लगाम तर

          रत्न टल्किएको मुकुट कसको ए

          स्वीकार्दै मालिक कसैलाई

          अस्तबलमा शोभित भईदिएको पनि कसको ए

अनन्त बितिजानुमा

घढीहरु सबै पराजित भएपछि

घामहरु सबै थकित भएपछि

रहदैन प्रमाण पनि अस्तित्वाङ्कनलाइ

          मात्र उपकथाहरु पल्टाउनु

          इतिहासमा

दिग्बिजयीहरुका केही

तिनकै दरवारियाहरुका केही

          छाड्छ तर अस्मृष्य कसलाई

          स्पर्शहरुले प्रवाहको

 

      पश्चिम सिक्किम, जुमबस्ती, भारत