भेडे खुर्सानी खेती प्रविधि

Published On: In Category: कृषि विशेष

परिचय

भेडेखुर्सानीको वजार

धेरै मूल्यमा विक्री हुने तरकारी मध्ये एक महत्वपुर्ण वाली हो, जसको आकार विशेष प्रकारको हुन्छ र जुन अरु खुर्सानी भन्दा फरक हुन्छ । यो पिरो हुदैन र यसको स्वाद गुलियो भए पनि यो खुर्सानी वर्गमा नै पर्दछ । ठूला होटेल तथा रेष्टुरेण्टहरुमा यसको खपत धेरै हुन्छ । यसलाई भारतमा ‘शिमला मिर्च’ को नामले चिनिन्छ । यसको खेती प्रायः जसो काठमाडौ, धादिङ्ग वेंसीमा वढी भएको पाइएतापनि अहिले सडक छेउछाउ तथा सदरमुकाम छेउछेउमा यसको खेती गर्ने प्रचलन वढ्दै गएको छ । गर्मी मौसममा राम्रो फस्टाउने यो वालीको वजारभाउ वढी हुनका साथै वेमौसमी उत्पादन तथा प्लाष्टिक घरमित्र यसको खेती निकै वढी भए भाद्र देखी माघसम्म यसको माग निकै वढेर जान्छ । यसको लोकप्रियता निकै वढ्दै गए पनि यसको क्षेत्रफल भने सो अनुपातमा गर्न सकेको खण्डमा सीमान्त तथा गरी कृषकको जीवनस्तर उकास्न निकै ठेलो टेवा पुग्ने विश्वास लिईएको छ ।

भिटामिन ‘सी’ र अन्य खनिज पदार्थ प्रशस्त मात्रामा पाईने यो खुर्सानी ताजा तरकारीको रुपमा प्रयोग हुनुका साथै अरु तरकारीसंग मिसाएर पनि खाने चलन छ । यो गोलभेडाको अचारमा राखेर पनि खान सकिन्छ, वा तेलमा तारेर मात्र पनि खाने गरिन्छ । यसलाई सलादको रुपमा प्रयोग गरिनुका साथै विभिन्न किसिमको परिकारसँग मिसाएर पनि पकाउने गरिन्छ । अरु तरकारीसँगसँगै यसलाई पनि अमिल्याएर प्रयोगमा ल्याईन्छ । छिप्पिएर रातो पाकेको फलभित्र मसला भरेर तेलमा डुवाएर अचारको रुपमा यसको प्रयोग गर्ने प्रचलन पनि वढ्दै भएको छ । साथै, विदेशमा यसलाई प्याकिङ्ग गरी विक्री पनि गरिन्छ ।

हावापानी

भेडेखुर्सानी न्यानो हावापानी हुने वाली हो । न्यानो हावापानीले वोटको वृद्धी र वोटको उत्पादनमा राम्रो असर पु¥याउँदछ । यसको वीउ उम्रनको लागी १८ - ३१ डिग्री सेल्सियस तापक्रम उपयुक्त, हुन्छ भने विरुवा हुर्कन २४–२७ डिग्री सेल्सियस तापक्रम हुनु उपयुक्त मानिएको छ । धेरै वढी तापक्रम पनि यसको लागी राम्रो हुदैन । उदाहरणको लागी, ४० डिग्रीभन्दा माथीको तापक्रममा फुलहरु झर्नुका साथखै फलहरु पनि झर्न थाल्छ । यसलाई साह्रै चिसो मौसम पनि राम्रो हुदैन । उदाहरणको लागी तुषारो पर्ने मौसममा यसको वृद्धी हुँदैन ।

छोटो दिन वा ९–१० घण्टा दिनको उज्यालो भएको समयमा यसको उत्तपादनमा उल्लेख्य वृद्धी पाइएको छ । तर यसको धेरै वर्षा सहन सक्दैन । माटोमा चिस्यान वढी भयो भने ओईलाउने रोगको प्रकोपले वाली नै सखाप पार्दछ । त्यस्तै, ज्यादै गर्मी, ओसिलो र वादल लाग्ने मौसम (श्रावण-भाद्र) मा फल कुहिने रोग वढी लाग्दछ । तसर्थ, प्लाष्टिक–घरभित्रको माटोमा वाली लगाउनु भन्दा अघि उपचार गर्‍यो भने रोगकीराको आक्रमण धेरै कम हुन्छ र वातावरण उपयुक्त हुन्छ ।

जातहरु

क्यालिफोर्निया वण्डरः यो जात नेपालमा अत्यन्त प्रचलित जात हो । यसको वीउ पनि नेपालमा उत्पादन भईरहेको छ । तर गुणस्तर नियन्त्रण राम्रो संग नभएको देखिएको छ, जसले गर्दा व्यावसायिक रुपमा खेती गर्ने कृषकहरुले विदेशवाट आयात गरिएको वीउलाई नै वढी प्रयोजनमा ल्याएको पाईन्छ ।

यसको वोट ५०–७५ से.मी अग्लो हुन्छ । चारैतिर समान रुपले हाँगा फैलिएको हुन्छ । यसको फलको टुप्पामा ४ वटा खण्ड परेको हुन्छ । यसको फलको रुङ्ग गाढा हरियो पहुन्छ र ८–१० से.मी.को वर्गाकार वा आयताकार ५-८ से.मी सम्म व्यास भएको हुन्छ । यसको पात पीरो खुर्सानीभन्दा ठूलो र अलि नरम पनि हुन्छ । वेर्ना सारेका ४५÷५० दिनमा फुल्न थाल्छ र फुलेको २०-२५ दिनमा फल टिप्न तयार हुन्छ ।

वजारमा हाल केही अन्य जातहरुको वीउहरु पनि उपलव्ध हुन थालेको छ जस्तैः वेल वण्डर, यलो वण्डर, सेमेस, वेटार, चाइनिज जायन्ट, भारत हाइव्रिड र पुसा हाइव्रिड 

नर्सरी व्यवस्थापन तथा वेर्ना उत्पादन

भेडेखुर्सानीको खेती गर्नको लागी व्याडमा (नर्सरी) विरुवावउत्पादन गरेर मुख्य जग्गामा सार्ने गनुपर्दछ । जाडो मौसममा बेर्ना उत्पादन गर्नको लागी ब्याड तयारी गरी बीउ रोपेपछि छापो दिई त्यसलाई गुम्बजभित्र उत्पादन गर्नुपर्दछ । त्यसै प्रकार वर्षायाममा बेर्ना उत्पादन गर्नको लागी वर्षावाट असर नपर्ने गरी छाप्रोको व्यवस्था मिलाउनु पर्दछ । यसरी नर्सरी व्याडमा तपसिलवमोजिम वेर्ना उत्पादनको लागी तयारी गर्नुपर्दछ ।

  • १ रोपनी जग्गामा भेडेखुर्सानीको खेती गर्नको लागी १ मीटर चौडा,२ मीटर लामो र १०-१५ से.मी अग्लो ड्याङ वनाउनु पर्दछ । जसमा ३०-४५ ग्राम वीउ छर्नु पर्दछ ।
  • उक्त व्याडको लागी १० के.जी पाकेको गोवरमल राम्ररी मिसाउने ।
  • व्याडमा चिम्ट्याइलो माटो छर्ने र वालुवा मिसाउने । यदी जङ्गलको माटो वा खास गरी उतिसको जङ्गगलको माथिल्लो माटो प्रयोग गर्नु राम्रो हुन्छ ।
  • मल–माटो मिसाईसकेपछि प्लाष्टिकले १ हप्ता जति छोपेर राख्दा माटोमा भएका कीराहरु मर्दछ, वा मालथिएन ५ प्रतिशतको धुलो ४ ग्राम प्रयोग गर्नु राम्रो हुन्छ ।
  • तयार भएको व्याडमा ५ से.मी. को फरकमा २ से.मी. गहिरो लाइन÷धर्सा वनाई २-३ से.मी.को फरकमा वीउ रोप्नुपर्दछ ।
  • वीउ लगाईसकेपछि सम्भव भए लाइन वा धर्सोलाई वालुवाले पुर्ने, जसले वीउ छोटो वा सजिलोसंग उम्रन मद्दत, वा मसिनो माटोले पुर्ने गर्नुपर्दछ वा सम्याउनुपर्दछ ।
  • १०–१५ दिनमा वीउ उम्रन थालेपछि छापो हटाउनुपर्दछ । चिस्यान हेरी सिंचाईको व्यवस्था पटक–पटक मिलाउनु पर्दछ ।
  • वर्षा याममा फेद कुहिने, ओईलाउने रोगवाट वचाउनको लागी व्लाइटक्स वा वेभिष्टिन १ ग्राम प्रतिलिटर पानीमा झोल वनाई माटोको उपचार गर्नुपर्दछ ।
  • गर्मीयाम वा वर्षामौसममा विरुवाहरु २० दिन जतिमा सार्नका लागी तयार हुन्छ भने जाडो मौसममा ३०÷४० दिन लाग्छ ।

- केशवप्रसाद श्रेष्ठ