विषादी न्यूनिकरण तालिम सम्पन्न

Published On: In Category: कृषि विशेष

धनकुटा / धनकुटा १४ बेलहारा मा विषादी न्युनिकरण तथा अगार्निक खेती सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ । नगरपालिकाको ५० हजार सहयोग तथा जालपादेवी र गुठी कृषि सहकारी बेलहाराको आयोजनामा भएको हो ।
जालपादेवीका अध्यक्ष विरबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न तालिमको सहजिकरण  स्वास्थ्यचौकी इन्चार्ज सरला कुमालले गरेकि थिईन । उनले विषादीको प्रभावले मानव स्वास्थ्यमा पार्ने नकरात्मक असरको वारेमा जानकारी दिएका थिए । कृषि विकास कार्यालयका प्रमुख लक्ष्मीप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
तालिममा प्रमुख खरेल, बाली संरक्षण अधिकृत छवि घिमिरे र सूर्यप्रसाद सापकोटालगायतले विषादीको न्यूनिकरण तथा अर्गानिक खेती र यसले मानव स्वास्थ्यमा पुग्ने फाईदाका वारेमा जानकारी दिएका थिए ।
समापन कार्यक्रममा सहभागी कमला आर्चायले आगामी दिनमा विषादीलाई कम गर्दै अर्गानिक खेती प्रणलिमा बढुवा दिने बताईन । त्यस्तै सहभागीहरुले आगामी दिनमा पनि यस्तो कार्यक्रम सञ्चालन गरिनु पर्ने बताए । गुठी सहकारीका अध्यक्ष राजु राईले स्वागत र सञ्चालन सामाजिक परिचालक टंक रोयलाले गरेका गोविन्द दाहालले बताए ।

 

Related Tag: Dhankuta