विचार / लेख

शहीद भीमनारायण श्रेष्ठको जीवनी

शहीद भीमनारायण श्रेष्ठको जीवनी

युवावस्थादेखि नै नेपाली कांग्रेसप्रति आस्थावान श्रेष्ठ ०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसको नगर कमिटीमा सदस्य रही प्रचार प्रसारमा खट्नु भएको थियो । ०१७ को राजनीतिक परिवर्तनपछि गोप्य रुपमा नेपाली कांग्रेसको राजनीतिमा आस्थाभने रहेको थियो । उहाँ विराटनगरमा भएको बमकाण्ड ताका खासगरी भाइको विवाहको सामान लिन विराटनगर झर्नु भएको थियो । फारवेशगञ्जमा सामान किन्न जाँदा कप्तान यज्ञबहादुर थापासँग भेट भयो । त्यतिखेरका हुलाकटोलका सक्रीय नेविसंघ कार्यकर्ता रामकृष्ण श्रेष्ठलाई पठाइएको बम उहाँले नै ल्याउनु भएको थियो । उहाँलाई ०३० चैत ३ को बमकाण्डको अभियोग लगाएर पक्राउ गरी लामो समयसम्म यातनापूर्ण बन्दी बनाई ०३५ साल माघ २६ गते कोशी नदीको किनारमा मृत्युदण्ड दिइएको थियो ।

निजामती सेवाः किन भए आकर्षक रोजगारीको क्षेत्र ?

निजामती सेवाः किन भए आकर्षक रोजगारीको क्षेत्र ?

भाद्र २६ / निजामती सेवा राज्यको स्थायी संयन्त्र हो । सार्वजनिक प्रशासनको मुटु हो । जनताको प्रतिनिधिको रुपमा निर्वाचित राजनैतिक दलको सरकार जस्तो परिवर्तन भइनरहने हुँदा यस सेवालाई स्थायी सरकार पनि भनिन्छ । यो सेवामा निजामती कितावखानाको पछिल्लो तथ्याङ्क अनुसार हाल ८२ हजार बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

ओझेलमा पारिएका शहीद प्रजालाल राई

राजश्वरबहादुर श्रेष्ठ पञ्चायती तानाशाहका विरुद्धमा भएको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो ज्यानको आहुती दिने शहीदहरु अहिले पनि ओझेलमा छन् । यिनै शहीदहरुको बलिदानबाट देशमा प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र आईसकेको छ । तरपनि यि शहीदहरुको उचित मूल्यांकनहुन सकेको छैन ।

धनकुटा प्रदेश नं. १ को राजधानीमा यसकारण उपयुक्त

धनकुटा प्रदेश नं. १ को राजधानीमा यसकारण उपयुक्त

राजेश्वबहादुर श्रेष्ठ / नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । सबैभन्दा पेचिलो बनेको संघीय प्रदेशको सीमांकन पनि लगभग पुरा भएको छ । अब भोलीका दिनमा प्रादेशिक राजधानी कहाँ बनाउने भन्नेमा अर्को आन्दोलन हुने पनि निश्चित छ । यस्तो अवस्थामा प्रदेश नं. १ को राजधानी विवादरहित तवरले निर्धारण गर्ने होभने निर्विकल्प रुपमा धनकुटालाई बनाउनु पर्छ । धनकुटा नै किन राजधानी भन्ने वारेमा निम्न कारणहरु छन् ।

विभेदको अन्त्य गरौं, बिभेदको बिरुद्धमा बोल्नेलाई हैन

राजेश अहिराज / राज्यको साधन स्रोत सीमित छ, सत्ता स्वचालित छैन, अधिकारवादीको इमान्दारितामा शंका छ, न्यायालय माथिको आस्था स्थिर छैन, राज्यमाथि अविश्वास छ र संघर्षहरू देश केन्द्रित छैनन् ।

दाईजो प्रथाः परम्परा वा विकृति

शैलेन्द्र त्रिपाठी / हाम्रो समुदायमा सदियौंदेखि चल्दै आइरहेको "दाइजो" प्रथालाई एक विकृति मात्र नभएर सामाजिक अपराधको रूपमा पनि मानिन्छ । दाईजो प्रथाको चलन आजको होईन