राष्ट्रिय समाचार

जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैकले छोड्दैन गभर्नर नेपाल

जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैकले छोड्दैन गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैंकले कुनैपनि हालतमा नछोड्ने बताएका छन् । सो कुरा धनकुटामा केन्द्रिय कार्यालय रहने गरी खुलेको गुरास लघुवित्त संस्था लिमिटेडको उद्घाटन गर्दै गभर्नर नेपालले बताएका हुन् । लघुवित्त संस्थाले पुँजी बढाए जनताको निक्षेप जोगिने भन्दै अरुले दिएन भन्नु भन्दा यसका लागि लघुवित्त संस्था आफैँ लाग्नुपर्ने बताए ।

जिल्ला संघलाई उपहार प्रदान

जिल्ला संघलाई उपहार प्रदान

पाँच थान चेस बोर्डसेट र एक थान घडि उपहार प्रदान गर्दै

मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र आर्मीका मोनालीसा खम्बुलाई बुद्धिचालमा स्वर्ण

मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र आर्मीका मोनालीसा खम्बुलाई बुद्धिचालमा स्वर्ण

प्रतियोगितामा खुल्लातर्फ मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा महिलातर्फ नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर मोनालीसा खम्बु सातौं राट्रिय खेलकुद अन्र्तगत बुद्धिचाल खेलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । शुक्रबार सम्पन्न नवौं चरणको खेलमा एपिएफ क्लबका सुमितसँग बराबरीको नतिजा हात पारेका मदनकृष्ण मध्यमाञ्चलकै अर्का प्रत्याशी रिजेन्द्र राजभण्डारीलाई हेड टु हेड नतिजाका आधारमा पछि पार्दै २० औं राट्रिय बुद्धिचाल च्याम्पियनसमेत बनेका हुन् । ६ खेलमा जीत र ३ खेलमा बराबरी खेलेका मदनले ७ दशमलब ५ अंकका साथ अपराजित रहँदै प्रतियोगिताको उपाधि हात पारेका हुन् । समान ७ दशमलब ५ अंक बनाउँदै रजत पदक प्राप्त गर्न सफल रिजेन्द्रले चौथो चरणमा मदनकृष्णसँग हार व्यहोरेका थिए । नेपाल आर्मी क्लबका हिमाल लामा मध्यमाञ्चलका क्षितीज भण्डारीलाई हराउँदे ६ दशमलब ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भए ।

भेडेटारको समुचित विकासको लागी कोही कसैले राजनीति नगरौं ... राज्यमन्त्री महतो

भेडेटारको समुचित विकासको लागी कोही कसैले राजनीति नगरौं ... राज्यमन्त्री महतो

राज्यमन्त्री मेहताले भेडेटारको समुचित विकासको लागी कोही कसैले राजनीति नगरी एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । उनले विकास निर्माणको लागी वर्तमान सरकार दत्तचित्त भएर लागेकोले भेडेटारको पर्यटन प्रवद्र्धनका लागी सरकारको तर्फवाट सक्दो सहयोग गर्ने आश्वासन दिए । राज्यमन्त्री मेहताले वर्तमान सरकार संविधान संशोधनमार्फत सबैखाले समस्याको सामाधन गरेर जारी संविधानलाई कार्यान्वयन गर्न सके मात्र मुलुकमा दिगो शान्ति कायम हुने भारण व्यक्त गरे ।

फेस्टिभलमा पत्रकार लामा सम्मानित

फेस्टिभलमा पत्रकार लामा सम्मानित

भौतिक पूर्वाधार तथा यातायात विकास राज्यमन्त्री सिताराम मेहताले पत्रकार सन्तवीर लामालाई नगद सहित सम्मान गरे ।

बुद्धिचालमा आर्मी क्लबका मोनालीसालाई महिलातर्फको स्वर्ण पक्का, खुलातर्फ मध्यमाञ्चलका मदनकृष्णको अग्र

बुद्धिचालमा आर्मी क्लबका मोनालीसालाई महिलातर्फको स्वर्ण पक्का, खुलातर्फ मध्यमाञ्चलका मदनकृष्णको अग्र

नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर मोनालीसा खम्बुले एक खेल अगावै राष्ट्रिय महिला बुद्धिचालको उपाधि जितेकी छन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा बुधबार सम्पन्न आठौं चरणको खेलमा मध्यमाञ्चलका पूर्णिमा जयसवाललाई हराउँदै मोनालिसा दोश्रो पटक राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल भएकी हुन ।

बुद्धिचालमा मध्यमाञ्चलका मदनकृष्ण र आर्मीका मोनालीसाको अग्रता

बुद्धिचालमा मध्यमाञ्चलका मदनकृष्ण र आर्मीका मोनालीसाको अग्रता

धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा नेपाल आर्मीकी मोनालीसा खम्बुले अग्रता बनाएका छन् । खुलातर्फको प्रतिष्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियनसमेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलालाई पराजित गर्दै मदनले अग्रता बनाएका हुन् । मंगलबार सम्पन्न छैटौं चरणको खेलमा भुपेन्द्रमाथिको संघर्षपूर्ण जीतबाट प्रेरित मदनले सातौं चरणमा भने नेपाल आर्मीका हिमाल लामासँग बराबरी खेले । सातौं चरणको समाप्तिमा पाँच जीत र दुई बराबरी खेल्दै उनले ६ अंक बनाएका छन् ।

अग्नीपीडित सहयोगको लागी रकम हस्तान्तरण

अग्नीपीडित सहयोगको लागी रकम हस्तान्तरण

संक्रान्ती वजारमा गएको पौष १ गते लागेको भीषण आगलागीबाट पीडित परिवारको सहयोगार्थ उद्योग वाणिज्य संघ धनकुटाको पहलमा संकलित राहत रकम हस्तान्तरण गरिएको छ । संघको संयोजनमा नेपाल पत्रकार महासंघ, हिले वजार व्यवस्थापन समिति, जिल्ला रेडक्रस सोसाईटी, रेडक्रस उपशाखा हिले, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा(फोनिज), होटल एसोसियशन धनकुटाले हिले वजार, धनकुटा वजार र पाख्रीवासमा संकलन गरेको एक लाख आठ हजार एक सय ११ रुपैयाँ नगद म्याङ्गलुङ वजारमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

धनकुटा साक्षर जिल्ला घोषणा

साक्षर जिल्ला घोषणा भएका पूर्वाञ्चलका जिल्लाहरुमध्ये धनकुटा तेश्रो जिल्ला हुन् । यसैगरी देशभरमा ३२ औं जिल्ला हो ।

मंगलबार देशभर बकर इदको सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय

भदौ २६ / इस्लाम धर्मावलम्बीहरुको पर्ब बकर इद (इदुल जोहा) को उपलक्ष्यमा २०७३ भाद्र २८ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरी गृह मन्त्रालयले आइतबार सुचना प्रकाशित गरेको छ ।