राष्ट्रिय समाचार

विविध साँस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार सम्पन्न

विविध साँस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार सम्पन्न

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति धनकुटाले २८५३ सोनाम ल्होछार चरा वर्ष मे खाम (ज्या ल्हो) नयाँ वर्षको अवसरमा हिले वजारमा विविध साँस्कृतिक कार्यक्रम एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । नेपाल तामाङ घेदुङ प्रदेश नं. १ का सचिव निरेन तितुङको प्रमुख आतिथ्यमा सम्पन्न ल्होछार साँस्कृतिक ¥याली तथा शुभकामना आदानप्रदान कार्यक्रममा घेदुङका केन्दिय सदस्य लालचन्द्र गोङ्वा, घेदुङका केन्द्रिय सल्लाहकार एवं कार्यक्रमका विशेष अतिथि वीरवहादुर तितुङ र जिल्ला घेदुङ धनकुटाका अध्यक्ष सिताराम थिङको अगुवाईमा हिले माविको प्राङ्गणमा जातीय भोषभुषामा भेला भएका तामाङ समुदायले हिले वजारको परिक्रमा गरी साँस्कृतिक सभामा सहभागी भएका थिए ।

छिन्ताङ जाल्पादेवी मन्दिर परिसरमा भक्तजनका लागि सेड निर्माण गरिदै

छिन्ताङ जाल्पादेवी मन्दिर परिसरमा भक्तजनका लागि सेड निर्माण गरिदै

पूर्वका चर्चित आस्थाका केन्द्र छिन्ताङस्थित जाल्पादेवी मन्दिर परिसरमा तीर्थयात्रुका आरामका लागि सेड निर्माण गरिदै छ । लायन्स क्लव अफ विराटनगर योङ हर्टद्वारा निर्माण गरिदै गरेको सेडमा पुजारीका लागि लूगा फेर्न कोठा पनि निर्माण गरिने भएको छ । क्लवद्वारा सेडसँगै पर्खाल निर्माण, जाल्पादेवी मन्दिर सँगै रहेको कन्या मन्दिरको पर्खालमा टायल र सिठीमा मार्वल लगाईने क्लवका अध्यक्ष निश्चल श्रेष्ठले जानकारी दिए ।

शहीद दिवसको अवसरमा भीमनारायण चौकमा कार्यक्रम

शहीद दिवसको अवसरमा भीमनारायण चौकमा कार्यक्रम

शहीद दिवसको अवसरमा भीमनारायण चौक र वसर्पाकस्थित शहीद स्तम्भमा शहीदहरुको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । सो अवसरमा शहीद भीमनारायण श्रेष्ठको सालिकमा माल्यार्पण गर्नुका साथै लोकतन्त्र स्थापनाका लागि शहादत दिएका सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति सम्मान व्यक्त गरिएको थियो ।

पत्रकार सहयोग कोष स्थापना २ अग्रज पत्रकार सम्मानित १ युवा पुरस्कृत

पत्रकार सहयोग कोष स्थापना २ अग्रज पत्रकार सम्मानित १ युवा पुरस्कृत

धनकुटामा क्रियाशील पत्रकारहरुको स्वास्थ्य उपचार र सञ्चार सामग्री खरिदमा सहयोग पु¥याउने उद्देश्यले साझा सञ्चार नेपाल संस्थाले स्वास्थ्य तथा सञ्चार सामग्री खरिद कोष गठन गरेको छ । संस्थाले आफ्नो चौथो स्थापना दिवसको अवसरमा धनकुटा क्रियाशील युवा पत्रकारिता पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रमको आयोजना गरेर एक लाख रुपैया बरावरको सहयोग कोष स्थापना गरेको घोषणा गरेको छ ।

ओलीको सन्देश लिएर ओलीपत्नी शहीद श्रेष्ठ निवासमा

ओलीको सन्देश लिएर ओलीपत्नी शहीद श्रेष्ठ निवासमा

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीकि पत्नी राधिका शाक्य धनकुटा वडा नं. ६ सिरानबजारस्थित शहीद भीमनारायण श्रेष्ठ निवासमा शहीद श्रेष्ठकि पत्नी लक्ष्मी श्रेष्ठलाई भेट गर्न आईन । सो अवसरमा ओलीपत्नी शाक्यले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको सन्देश लिएर आएको शहीदपत्नी श्रेष्ठलाई जानकारी दिईन ।

निर्वाचन गराउन एमालेको सरकार आवश्यक

निर्वाचन गराउन एमालेको सरकार आवश्यक

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नचाहेको र गर्नसमेत नसक्ने भएको हुदाँ नेकपा एमालेले नै निर्वाचन गराउने बताए । सो कुरा नेकपा एमाले धनकुटाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले वताएका हुन् । अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गराउने कुरा गरेर मात्र टिकिरहिन्छ भन्ने भ्रभ पालेर बसेको बताए ।

पूर्व प्रधानमन्त्री ओलीद्वारा रिसोर्टको उद्घाटन

पूर्व प्रधानमन्त्री ओलीद्वारा रिसोर्टको उद्घाटन

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीद्वारा धनकुटाको पर्यटकीयस्थल हिलेमा सञ्चालित होराईजन माउण्टेन रिसोर्टको एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । अन्दाजी वीस करोडको लगानीमा खुलेको रिसोर्ट पूर्वी पहाडी जिल्लाकै स्तरीय होटल मानिन्छ । गतवर्ष देखि सञ्चालनमा आएको सो रिसोर्टको औपचारिक रुपमा पूर्वप्रधानमन्त्री ओलीद्वारा उद्घाटन गरिएको हो ।

अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

प्रमुख ध्रुवराज कार्कीले बताए । उनले धनकुटाको मात्र नभएर नेपालभरकै विद्युत् प्राधिकरणको अतिक्रमणमा परेको जग्गा खाली गराउने अभियान प्राधिकरणले संचालन गरेको बताउँदै सोही बमोजिम धनकुटामा पनि आवश्यक कार्वाही अघि बढाएको बताए । प्रमुख कार्कीले सो जग्गामा बसोवास गरेको मध्ये ९० प्रतिसतभन्दा बढी सुकुम्वासीको नाममा हुक्कुम्वासी बस्ने गरेको बताए । उनले सो जग्गा अनधिकृत रुपमा किनबेचसमेत हुने गरेको पाइएकाले बल प्रयोग गरेर हटाईएको बताए ।

धनकुटा अस्पताल एक महिनाभित्र ५० बेड हुने

धनकुटा अस्पताल एक महिनाभित्र ५० बेड हुने

नेपाली कांग्रेसका नेतासमेत रहेका राज्यमन्त्री गुरुङले सरकारले धनकुटा अस्पताललाई एक महिना भित्रमा नै ५० शैयाको (बेड) को अस्पताल बनाएर साधन स्रोत सम्पन्न बनाउने घोषणा गरे । साथै राज्यमन्त्री गुरुङले कांग्रेस सरकारले गाउँ गाउँमा स्थापना गरेको स्वास्थ्य संस्थाहरुमा भौतिक संरचना निर्माण गरी साधनस्रोत सम्पन्न बनाउने आश्वासन दिए ।

जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैकले छोड्दैन गभर्नर नेपाल

जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैकले छोड्दैन गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैंकले कुनैपनि हालतमा नछोड्ने बताएका छन् । सो कुरा धनकुटामा केन्द्रिय कार्यालय रहने गरी खुलेको गुरास लघुवित्त संस्था लिमिटेडको उद्घाटन गर्दै गभर्नर नेपालले बताएका हुन् । लघुवित्त संस्थाले पुँजी बढाए जनताको निक्षेप जोगिने भन्दै अरुले दिएन भन्नु भन्दा यसका लागि लघुवित्त संस्था आफैँ लाग्नुपर्ने बताए ।