राष्ट्रिय समाचार

एक सय ३० वर्ष पुरानो सल्लेरी वनका रुख काट्न शुरु पुराना रुख हटाएर नयाँ ढंगले वैज्ञानिक वन व्यवस्थापन

एक सय ३० वर्ष पुरानो सल्लेरी वनका रुख काट्न शुरु पुराना रुख हटाएर नयाँ ढंगले वैज्ञानिक वन व्यवस्थापन

जिल्ला सदरमुकाम धनकुटा वजारको शिरको ताजको रुपमा रहेको सल्लेरी वनलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने गरी पुराना रुख काट्न शुरु गरिएको छ । यहाँ रहेका रुखहरु १ सय ३० वर्ष पुराना भएको जिल्ला वन कार्यालयका प्रमुख कृष्णप्रसाद वस्तीले जानकारी दिए । ऐतिहासिक सल्लेरी राष्ट्रिय वनको वैज्ञानिक तवरले व्यवस्थापन गर्ने उद्देश्यले वन भित्रका धेरै पुराना सल्लाको रुख कटान गरेर हटाउन लागिएको प्रमुख वस्तीले बताए । उनले ९० प्रतिशत सल्ला प्रजातिको ठूला ठूला रुख रहेको र १० प्रतिसत मात्र अन्य प्रजातिहरु चिलाउने, जामुन, मलातो, सिरिसलगायतको रुखहरु रहेको बताएका छन् । उनले अनुत्पादक ढंगले १ सय ३० वर्ष भन्दा माथि उमेर पुगेको सल्लाका रुख राखेर राज्यलाई पनि फाईदा नहुने र वन क्षेत्रबाटै कोशी राजमार्ग गएकाले यातायातका सवारी साधन आवात जावत गर्दा समेत समस्या भएकाले पाको उमेरका सल्लाको रुख हटाउन लागिएको जानकारी दिए ।

महिलालाई पहिला महिलाले नै सम्मान गर्नु पर्ने

महिलालाई पहिला महिलाले नै सम्मान गर्नु पर्ने

एक सय सातौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले पुरस्कार र प्रमाणपत्र वितरण गरे । पुरस्कार वितरण गर्दै प्रमुख अतिथि श्रेष्ठले पहिलेभन्दा अहिले महिलाहरु हरेक क्षेत्रमा क्रियाशील भई सफल हुदै गएको बताए । अहिले नेपालका प्रमुख राष्टपति, सर्वोच्च अदालतको प्रधानन्यायाधीश र सभामुखसमेत महिला रहेको र नेपालबाट दुई जनाले सीएनएन हिरो विजयी हुदाँ दुवै जना महिला रहेको उल्लेख गर्दै महिलाहरुलाई सर्वप्रथम महिलाहरुले नै सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । घरघरमा महिलाहरुवीच हुने द्वन्द्व महिलाहरुले नै समाधान गर्दै छोराहरु सरह छोरीहरुलाई पनि व्यवहार र अवसर दिनुपर्ने बताए ।

सत्तामा बसेर संविधान मन्दिन भन्नु राष्ट्रघातीः नेता नेम्वाङ

सत्तामा बसेर संविधान मन्दिन भन्नु राष्ट्रघातीः नेता नेम्वाङ

पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले सत्तामा बस्ने तर संविधान मान्दिन भन्नेहरु देषद्रोही भएको बताए । नेपाल राष्ट्रले जारी गरेको संविधान अनुसारको सेवा र सुविधा उपभोग चाहिँ गर्ने तर त्यहि संविधान चाहिँ मान्दिन भनेर सीमा ढुकेर आन्दोलनका नाममा देशलाई क्षति गर्नेहरुको काम राष्ट्रघाती र देशद्रोही भएको पूर्व सभामुख नेम्वाङले बताए ।

निजामती कर्मचारी संघमा हरी

निजामती कर्मचारी संघमा हरी

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी संघको चौथो जिल्ला जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट हरिप्रसाद तिम्सिनालाई अध्यक्षमा चयन गरेको छ । यस्तै कार्यसमितिका उपाध्यक्षद्वयमा नारदप्रसाद सुवेदी, निर्मला सुबेदी र गोरखवहादुर तामांगलाई चयन गरेको छ । यस्तै सचिवमा डम्वर कटुवाल र सहसचिवमा पुष्पराज अधिकारीलाई चयन गरेको छ । यस्तै केन्द्रिय प्रतिनिधिमा उत्तम कुवर र मेरमान खनाललाई चयन गरेको छ ।

पत्रकार महासंघ धनकुटाको शाखा अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

पत्रकार महासंघ धनकुटाको शाखा अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा धनकुटा साप्ताहिकका सम्पादक राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १८ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो । स्थापनाकालदेखि सर्वसम्मत कार्यसमिति, केन्द्रिय सभासद् चयन गर्दै आएको इतिहासलाई निरन्तरता दिदै अग्रज पत्रकार श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ ।

शहीद भीम नारायण र सुशिल कोईराला आर्दश नेता

            शहीद भीम नारायण र सुशिल कोईराला आर्दश नेता

शहीद भीम नारायण श्रेष्ठ तथा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति सुशिल कोईरालाको स्मृतिमा नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रमका सहभागी कांग्रेस नेताहरुले शहीद भीमनारायण श्रेष्ठ तथा पूर्वप्रधानमन्त्री सुशिल कोईराला नेपालको आर्दश नेताको रुपमा रहेको बताए ।

भारतीय राजदुतले दुईवटा विद्यालय भवनको उद्घाटन

भारतीय राजदुतले दुईवटा विद्यालय भवनको उद्घाटन

भारतीय राजदुतावासको सहयोगमा निर्मित धनकुटाका दुईवटा विद्यालय भवनको एक कार्यक्रमका वीच भारतीय राजदुत रणजीत रायले उदघाटन गरे । राजदुत रायले पाख्रिवास नगरपालिकास्थित जाल्पादेवी माध्यमिक विद्यालय र मारेककटहरे गाविसस्थित शारदा माध्यमिक विद्यालय नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सो भवन २०६८ सालदेखि निर्माण सुरु भई हालै निर्माण सम्पन्न भएका हुन् ।

पेट्रोलियम पाइपलाइन विस्तार र अरुण तेस्रो आयोजना निर्माण हुने ः राजदुत राय

पेट्रोलियम पाइपलाइन विस्तार र अरुण तेस्रो आयोजना निर्माण हुने ः राजदुत राय

भारतीय राजदुत रणजीत रायले नेपाल भारत सम्बन्ध ऐतिहासिककालदेखि प्रगाढ रहेको बताए । उनले यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउन पेट्रोलियम पाईपलाईन निर्माण तथा अरुण तेस्रो जलविद्युत् आयोजनाको तीव्र गतिमा अगाडि बढाउने बताए । उनले असल छिमेकी मुलुक नेपालको अन्धकार र गरिवी निर्मुल गर्न भारत सक्दो सहयोग गर्न तयार रहेको बताए ।

विविध साँस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार सम्पन्न

विविध साँस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार सम्पन्न

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति धनकुटाले २८५३ सोनाम ल्होछार चरा वर्ष मे खाम (ज्या ल्हो) नयाँ वर्षको अवसरमा हिले वजारमा विविध साँस्कृतिक कार्यक्रम एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । नेपाल तामाङ घेदुङ प्रदेश नं. १ का सचिव निरेन तितुङको प्रमुख आतिथ्यमा सम्पन्न ल्होछार साँस्कृतिक ¥याली तथा शुभकामना आदानप्रदान कार्यक्रममा घेदुङका केन्दिय सदस्य लालचन्द्र गोङ्वा, घेदुङका केन्द्रिय सल्लाहकार एवं कार्यक्रमका विशेष अतिथि वीरवहादुर तितुङ र जिल्ला घेदुङ धनकुटाका अध्यक्ष सिताराम थिङको अगुवाईमा हिले माविको प्राङ्गणमा जातीय भोषभुषामा भेला भएका तामाङ समुदायले हिले वजारको परिक्रमा गरी साँस्कृतिक सभामा सहभागी भएका थिए ।

छिन्ताङ जाल्पादेवी मन्दिर परिसरमा भक्तजनका लागि सेड निर्माण गरिदै

छिन्ताङ जाल्पादेवी मन्दिर परिसरमा भक्तजनका लागि सेड निर्माण गरिदै

पूर्वका चर्चित आस्थाका केन्द्र छिन्ताङस्थित जाल्पादेवी मन्दिर परिसरमा तीर्थयात्रुका आरामका लागि सेड निर्माण गरिदै छ । लायन्स क्लव अफ विराटनगर योङ हर्टद्वारा निर्माण गरिदै गरेको सेडमा पुजारीका लागि लूगा फेर्न कोठा पनि निर्माण गरिने भएको छ । क्लवद्वारा सेडसँगै पर्खाल निर्माण, जाल्पादेवी मन्दिर सँगै रहेको कन्या मन्दिरको पर्खालमा टायल र सिठीमा मार्वल लगाईने क्लवका अध्यक्ष निश्चल श्रेष्ठले जानकारी दिए ।