विविध समाचार

गाईघाट–बुइपा ३३ केभी विद्युत्प्रसारण सञ्चालनमा

खोटाङ, ३१ वैशाख । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको गाईघाट–बुइपा ३३ केभी विद्युत् प्रसारणलाइन सञ्चालनमा आएको छ । ११ केभी क्षमताको विद्युत् प्रसारण हुँदै आएको जिल्लामा सोही लाइनलाई ‘अपग्रेड’ गरेर ३३ केभी सञ्चालनमा ल्याइएको हो ।

हावाहुरीबाट करोडौँको केराखेती नष्ट

राजविराज, ३१ वैशाख । मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा हजारौँ बिघामा लगाइएको केराखेती नष्ट भएको छ । सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पुर्‍याएको छ ।

पुस्तक प्रदर्शनीमा पठन संस्कृतिको चर्चा

सुन्दरदुलारी (मोरङ), ३१ वैशाख / पठन संस्कृतिको विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुने विराटनगरमा आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।