विविध समाचार

सिंधुवामा नेपाल बंगलादेशको ५० औं शाखा

सिंधुवामा नेपाल बंगलादेशको ५० औं शाखा

सरकारले नीतिगत निर्णय गर्न नसकेको कारण बैंकहरुबाट पाउन नसकेको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले बताए । सो कुरा डेपुटी गर्भनर सिवाकोटीले सिंधुवा बजारमा नेपाल बंगलादेशको उद्घाटन गर्दै बताएका हुन् । सो शाखा बैंकको ५० औ शाखा हो ।

यात्रुबाहक बसको ठक्करले एसईइ परीक्षार्थी घाईते

यात्रुबाहक बसको ठक्करले एसईइ परीक्षार्थी घाईते

बसको स्टेरिङ फेल भएपछि अनियन्त्रित भएको बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । बसको ठक्करले दिँदा एसइइ परीक्षा दिएर फर्कदै गरेका ३ जना परीक्षार्थीहरु गम्भीर घाइते भएका छन् । दिउँसो ११ बजे संखुवासभाको मुढेशनिश्चरेबाट धरान जाँदै गरेको को. १ ख २९३२ नम्बरको बसले धनकुटाको जोरपाटीमा ठक्कर दिएको हो ।

पूर्वरथी थापाद्वारा विद्यालयलाई खानेपानी व्यवस्था

पूर्वरथी थापाद्वारा विद्यालयलाई खानेपानी व्यवस्था

पूर्वरथी थापाले विद्यालयको खानेपानी पूर्तिका लागि थाक्ले खोलाबाट विद्यालयसम्म पुग्ने पाईप, ट्याङ्की र धारा निर्माण गरिदिएको अध्यक्ष राईले बताए । उक्त खानेपानी योजना सम्पन्न गरी पूर्वरथी थापाले एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिदिएका हुन् । सो अवसरमा पूर्वरथी थापाले शिक्षाविना विश्वको कुनै कुनामा केहि गर्न नसकिने बताउँदै विद्यार्थीहरुलाई राम्ररी पढ्न सुझाव दिए । उनले सरसफाईमा सहयोग पु¥याउनको लागि सहयोग गरेको पूर्वरथी थापाले बताए ।

सडक निर्माणमा निर्माण ब्यवसायीको ढिलासुस्ती करिव २० करोड लगानीमा ४८ किमि सडक निर्माण

सडक निर्माणमा निर्माण ब्यवसायीको ढिलासुस्ती करिव २० करोड लगानीमा ४८ किमि सडक निर्माण

डेनमार्क सरकारको सहयोगमा उन्नती परियोजना अन्तर्गत् धनकुटा जिल्लामा सडक योजना सञ्चालित छ । तर, निर्माण व्यवसायीको ढिलासुस्तीले जिल्लास्तरीय सडक योजना सम्पन्न हुने सम्भावना देखिएको छैन । निर्माण कम्पनीको लापरवाही र ढिलासुस्तीका कारण जिल्लाको साबिक मारेककटहरे गाविसको दारेगौडादेखि चानुवा हुंदै लेगुवा सम्मको ग्राभेल बाटो निर्माण तथा स्तरोन्नतीमा ढिलाई देखिएको हो । सो सडक १९ करोड ५२ लाख २५ हजार चार सय ९९ पैसाको लागतमा निर्माण हुदैछ ।

उद्योग सङ्घ भवन निर्मित

असार १७ भद्रपुर / झापा उद्योग सङ्घको भवन उद्योग व्यवसायीको सहयोगबाट रु १ करोड ४३ लाख ५५ हजार ५४० लागतमा निर्माण भएको छ ।

सुन खोजतलासमा ६ करोड खर्च गरिने

जेष्ठ २, जाजरकोट / जिल्ला सदरमुकाम नजिकै रहेको धल्लामा सुन खोजतलासको लागि चाईनिज नागरीक सङचिङ्गले ६ करोड रुपैया खर्च गर्ने भएका छन् । भेरीमालिका नगरपालीका ४ धल्ला भेरी नदीको किनारमा सुन खोजतलास गर्न लागेको वताईएको छ ।

पानी नपरेपछि भ्यागुताको बिहे

भोजपुर, ३१ वैशाख । भोजपुरको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् । किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ/नौजना पण्डित पढाएर बिहिवार भ्यागुताको बिहे

आगलागीबाट रु तीन लाखको क्षति

सप्तरी, ३१ वैशाख । सप्तरीको कटैया–१ मा बिहीबार साँझ आगलागी हँुदा रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी गर्व माझीको घरबाट अचानक सल्केको आगोले निजको दुई घर र छिमेकी बुद्धिलाल माझीको एउटा घर जल्दा सो मूल्य बराबरको

वनझाँक्रीको हड्डी भन्दै ठगी गर्ने पक्राउ

इटहरी, ३१ वैशाख । म चौधरी बाबा हुँ, मसँग वनझाँक्रीको हड्डी छ, त्यो हड्डी हेर्ने मानिसलाई दैवीशक्ति प्राप्त हुन्छ, आफूले चिताएको काम पूरा हुन्छ, धन लाभ हुन्छ, त्यसका लागि एकै रङको नौवटा गाई पूजा गरी दान गर्नुपर्छ ।

दक्षिण कोरियामा युवक सुतेकै अवस्थामा मृत फेला

पाँचथर, ३१ वैशाख । पाँचथर जिल्ला फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् ।