जिल्ला समाचार

सम्झनामा आज

नेपाल पत्रकार महासंघ धनकुटाको रजत वर्षको अवसरमा आज पत्रकार महासंघको सभाहलमा सम्झनामा आज कार्यक्रमको आयोजना स्मरण गरिएको छ । पत्रकार संघ धनकुटा शाखाका रुपमा २०४९ पौष १३ गते आजकै दिन स्थापना भएकोले पत्रकार महासंघ धनकुटाको रजत वर्षको रुपमा सम्झना आज भन्ने कार्यक्रमको आयोजना गरी रवज वर्ष मनाएको हो ।

हत्याकोे विरोधमा युवा संघ धनकुटाद्वारा चक्काजाम

हत्याकोे विरोधमा युवा संघ धनकुटाद्वारा चक्काजाम

युवा संघ धनकुटाले आज मंगलबार कोशी राजमार्गस्थित धनकुटा ७ को जिरोप्वाइन्टमा एक घण्टा चक्काजाम गरेको छ । नेकपा एमालेको भातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हिजो सोमबार दिउँसो भएको हत्याको विरोधमा युवा संघ धनकुटाले आज मंगलबार विरोध प्रदर्शन गरेको हो ।

प्रभावकारी सरकारी सेवाका लागि प्रतिवद्धतापत्र जारी

प्रभावकारी सरकारी सेवाका लागि प्रतिवद्धतापत्र जारी

न्याय सम्पादन गर्दा १४ वटा सिद्धान्तलाई अक्षरस पालना गर्ने, सार्वजानिक सम्पत्तिलाई नीजि प्रयोग गर्न नदिने उल्लेख छ । यस्तै सार्वजनिक सेवा प्रवाहमा जनताको पहुँच बढाउनको लागि एकीकृत घुम्तीशिविर र सार्वजनिक सुनवाई जस्ता कार्यक्रमलाई विस्तार गर्ने, सरकारी कार्यालयमा छड्के निरीक्षण नियमित गर्ने, सूचनाको हकको पूर्ण पालना गर्ने प्रतिवद्धता कार्यक्रममा गरिएको छ ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव नभई सर्वदलीय सहमतिबाट सच्चाएर भएपनि संसोधन गरिने

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव नभई सर्वदलीय सहमतिबाट सच्चाएर भएपनि संसोधन गरिने

राज्यमन्त्री गुरुङ्गले संशोधन प्रस्तावमा भएका केही बुँदाहरु सबै दलहरुको सहमतिमा हेरफेर हुनसक्ने छ, तर कुनै हालतमा पनि प्रस्ताव फिर्ता नहुने दावी गरे ।

ध्नकुटामा ११ महिनामा ५२ मानवाधिकार उल्लंघनका घटना

मानवाधिकार उल्लंघनका घटना राज्य तथा गैरराज्य दुवै पक्षबाट घटेका छन् । गैरराज्यपक्षद्वारा दुई जनाका हत्या र राज्यपक्षद्वारा एउटा घटनामा दुई जना माथि कुटपिट भएको जनाएको छ । यस्तै बालअधिकार अन्र्तगत दुई जना बालिका बलात्कारका शिकार भएको जनाएको छ । मानवाधिकार उल्लंघनका घटना राज्य पक्ष भन्दा गैरराज्य पक्षबाट बढी भएको जनाएको छ ।

धनकुटा संखुवासभामा निःशुल्क क्यान्सर शिविर हुने

नेपाल अवुर्द रोग निवारण संस्थाको आयोजना र भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा धनकुटा र संखुवासभा जिल्लाका विभिन्न स्थानहरुमा निःशुल्क क्यान्सर रोगको परीक्षण गरिने केन्द्रि अध्यक्ष इश्वरकुमार श्रेष्ठले जानकारी दिए ।

भूकम्पबाट भत्किएको विद्यालयलाई तीन लाख आर्थिक सहयोग

भूकम्पबाट भत्किएको विद्यालयलाई तीन लाख आर्थिक सहयोग

गतवर्षको महाभूकम्पले क्षतिग्रस्त खोकुस्थित जीवनसुधालय माविको भवन पुनर्निर्माणका लागि लायन्स क्लवमा अबद्ध सदस्यहरुले सहयोग गरेका छन् । विद्यालयमा आयोजित सहयोग कार्यक्रममा लायन्स क्लव धनकुटाकि अध्यक्ष इन्दिरा थापाले विद्यालयका प्रधानाध्यापक छत्रबहादुर राईलाई तीन लाख रुपैयाँको चेक प्रदान गरिन ।

पहिचान मास्ने षडयन्त्र –पूर्व मनत्री रकम चेम्जोङ

पहिचान मास्ने षडयन्त्र –पूर्व मनत्री रकम चेम्जोङ

पूर्वशान्तीमन्त्री एवं संघीय समाजवादी फोरम पार्टीका केन्द्रिय उपाध्यक्ष रकम चेम्जोङले मुलुकमा पहिचानलाई समाप्त पार्ने षडयन्त्र भैरहेको आरोप लगाए । सो कुरा नेता चेम्जोङले किरात याम्फु समाज केन्द्रिय समितिको मौनावुधुक मा आयोजित राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बताएका हुन् ।

एएफसी सोलिडारिटी कप हासिल गर्न सफल धनकुटे खेलाडीद्वयको नागरिक अभिनन्दन

नेपालले ६२ वर्षपछि मलेसिया मा सम्पन्न फाइनल खेलमा मकाउ लाई १–० गोलले पराजित गर्दै इतिहास रचेको हो । फाइनलमा निर्णायक गोल धनकुटे खेलाडी श्रेष्ठले गरेका थिए भने सेमि फाइनलमा लाओसविरुद्धको खेलमा किरण चेम्जोङले ट्राइबेकरको दुई पेनाल्टीशुटको उत्कृष्ट बचाउ गरेका थिए । किरणकै नायकत्वमा नेपालले फाइनलको यात्रा तय गरेको थियो । अभिनन्दन कार्यक्रममा सभासद् अञ्जना ताम्लीले धनकुटेली खेलाडी किरण चेम्जोङ र सुजल श्रेष्ठले नेपाली फुटबलमा सफलता दिलाएकोमा बधाई दिए । दुवै खेलाडीद्वयलाई सांसद ताम्ली र प्रजिअ प्रेमप्रकाश उप्रतीले संयुक्त रुपमा जनही नगद ७५ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको छ ।