जिल्ला समाचार

एएफसी सोलिडारिटी कप हासिल गर्न सफल धनकुटे खेलाडीद्वयको नागरिक अभिनन्दन

नेपालले ६२ वर्षपछि मलेसिया मा सम्पन्न फाइनल खेलमा मकाउ लाई १–० गोलले पराजित गर्दै इतिहास रचेको हो । फाइनलमा निर्णायक गोल धनकुटे खेलाडी श्रेष्ठले गरेका थिए भने सेमि फाइनलमा लाओसविरुद्धको खेलमा किरण चेम्जोङले ट्राइबेकरको दुई पेनाल्टीशुटको उत्कृष्ट बचाउ गरेका थिए । किरणकै नायकत्वमा नेपालले फाइनलको यात्रा तय गरेको थियो । अभिनन्दन कार्यक्रममा सभासद् अञ्जना ताम्लीले धनकुटेली खेलाडी किरण चेम्जोङ र सुजल श्रेष्ठले नेपाली फुटबलमा सफलता दिलाएकोमा बधाई दिए । दुवै खेलाडीद्वयलाई सांसद ताम्ली र प्रजिअ प्रेमप्रकाश उप्रतीले संयुक्त रुपमा जनही नगद ७५ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र देशलाई निकास दिन्छ — पूर्व मन्त्री थापा

पूर्वमन्त्री सुनिलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले जन्मदेखि नै देशलाई निकास दिन महत्वपूर्ण भुमिका खेल्दै आएको र अहिले देशमा आएको समस्यालाई निकाश दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र सक्ने दावी गरेका छन् ।

काग्रेसीहरुको आपसी मनमुटावले भविष्यमा पाटीलाई ठूलो क्षति पुग्नसक्ने

नवनियुक्त खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले काग्रेसीहरुको आपसी मनमुटावले भविष्यमा पाटीलाई ठूलो क्षति पुग्नसक्ने धारणा व्यक्त गरे ।

गाविस सचिवलाई मोटरसाईकल

धनकुटा जिल्लाका गाउँ विकास समितिका सचिवहरुलाई कार्यालय आउन जान सहज होस् भनेर गाविसमा आएको बजेटबाट मोटर साईकल खरीद गरिएको छ ।

विरामी पितालाई छोराले अस्पतालमा छाडेर भागे

धनकुटा / विरामी भएका बाबुको उपचार गर्न धनकुटा अस्पतालमा छाडेर छोरा गोविन्द सार्की बेपत्ता भएका छन् । आर्थिक अभावकमजोर भएका कारण छोराले विरामी पिता भक्तबहादुर सार्कीको घरमा स्याहारसुसार गर्न समस्या हुने ठानेर बेपत्ता भएको आशंका गरिएको छ । उपचारमा ल्याईएका बिराम पिताको अस्पतालले निःशुल्क उपचार गरी स्वस्थ्य बनाएको छ ।

हुलाक सूचनाको भण्डार बन्छः कार्की

हुलाक सूचनाको भण्डार बन्छः कार्की

असोज ३, धनकुटा / नेपाल सरकारका प्रबक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र कार्कीले कामविहिन भएका हुलाक कार्यालयहरु सूचनाको भण्डार बनाउने बताएका छन् ।

विपीको विचार सान्दर्भिक भएपनि कांग्रेसलेनै विपीलाई विर्से

भाद्र २६ धनकुटा / नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद (वीपी) कोईरालाको विचार अहिले पनि सान्र्दभिक रहेको बताए । वर्तमान समय यो विचार थप सान्दर्भिक भएतापनि वीपी कै अनुयायीहरुले व्यवहारमा उत्तार्न नसकेको १०२ औं विपी जयन्तीको अवसरमा धनकुटा कांग्रेसले आयोजना गरेको विपीविचार विषयक विचार गोष्ठीको सहभागीहरुले बताएका छन् ।

पाख्रीवास नगरपालिकालाई साक्षर नगरपालिका घोषणा

भदौ १९, धनकुटा / जिल्लाको पाख्रीवास नगरपालिकालाई आज साक्षर नगरपालिका घोषणा गरिएको छ । नगर क्षेत्रका १५ देखी ६० वर्ष उमेर समूहका मानिसहरुको जम्मा संख्या १० हजार १ सय ७४ जना मध्ये ९७.६६ प्रतिशत मानिस साक्षर भए सँगै नगरपालिका क्षेत्रलाई साक्षर घोषणा गरिएको हो ।

मोटर वाटो खन्न हिडेका सात जना नाबालकलाई घर फर्काइयो

मोटर वाटो खन्न हिडेका सात जना नाबालकलाई घर फर्काइयो

भदौ १९ धनकुटा / उदयपुरको गाईघाटस्थित् मतिगडादेखि निर्माण कम्पनीले ट्याक्टरमा हालेर संखुवासभाको नुम गाविसमा सडक मजदुरको रुपमा काम लगाउन लाँदै गरेको सात नाबालकसहित १७ जनालाई प्रहरीले विहीवार पक्राउ गरेको छ ।

राजारानीमा दुईवर्षमा ९७ परिवारले छाडे

भदौ १५, धनकुटा / पर्यटकीय सम्भावना बोकेको राजारानी गाविसमा दुई वर्षको अवधिमा ९७ घरपरिवारले आफ्नो पुख्र्यौली थाकथलो छाडेका छन् । गाविसबाट ०७१ सालमा ३५ घर परिवारले र २०७२ सालमा ६२ घर परिवारले अन्य सुगम स्थानमा बसाई सराई गरेकाछन् ।