जिल्ला समाचार

नेकपा एमालेको दुई वटा वडाको वडा अधिवेशन सम्पन्न

नेकपा एमाले धनकुटा नगरपालिका वडा नं. ३ र ७ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा कमिटी ३ को सातौ वडा अधिवेशनको अवसरमा ज्येष्ठ नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरी ७५ वर्ष भन्दा माथिका वडामा रहेका ४९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडा कमिटी अध्यक्ष दिलबहादुर रोक्काको अध्यक्षतामा भएको अधिवेशन अवसरमा सबैभन्दा बढी उमेरका ८१ वर्षिय हरिप्रिया पोख्रेलसहित ४९ जनालाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।

भाइरल बन्दै ऐतिहासिक तस्वीर

भाइरल बन्दै ऐतिहासिक तस्वीर

आजभन्दा ५० वर्ष अघि धनकुटा वीचबजारस्थित भिमसेन मन्दिरमुनि तत्कालीन साना साना स्थानीय बालबालिकाहरुको लिईएको तस्वीर ।

भाइरल बन्दै ऐतिहासिक तस्वीर

भाइरल बन्दै ऐतिहासिक तस्वीर

आजभन्दा ५० वर्ष अघि धनकुटा वीचबजारस्थित भिमसेन मन्दिरमुनि तत्कालीन साना साना स्थानीय बालबालिकाहरुको लिईएको तस्वीर ।

स्थानीय तहको निर्वाचनका लागी पार्टीमा उत्साह, एकता र उत्सवको अभियान

स्थानीय तहको निर्वाचनका लागी पार्टीमा उत्साह, एकता र उत्सवको अभियान

पदपूर्ती एवं जगेडामुक्त गर्दै स्थानीय निर्वाचनको तयारीका लागी पार्टीमा उत्साह, एकता र उत्सवको अभियानको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रखर यूवा नेता विश्वप्रकाश शर्माले आज धनकुटामा प्रारम्भ गर्दै नेपाली कांग्रेस तीन तहको निर्वाचनका लागी तयारीमा जुटेको बताए । संविधानको कार्यान्वयन अव एकमात्र विकल्प रहेको वताउदै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका यूवा नेता शर्माले राजनैतिक सहमतीको आधारमा अव चाडै स्थानीय तहको निर्वाचनको घोषणा हुने वताए ।

भूकम्प आवास लगत संकलन शुरु

भूकम्प गएको केहि महिना पछि लिएको लगत संकलन प्रभावकारी हुन नसकेकाले जनाउँदै भुकम्पीय आवास पुनर्निर्माण आयोजनाले पुनः तथ्याङ्क लगत लिने प्रक्रिया थालेको हो । अब राहत रकम र आवास पुनर्निर्माणको योजना तत्कालै आउने आशा पलाएको भूकम्पपीडितले बताए ।

स्थानीय तहको निर्वाचनको लागि कांग्रेसको गाउँजागरण धनकुटा १९ पौष । संविधान कार्यान्वयनका लागि स्थानीय

स्थानीय तहको निर्वाचनको लागि कांग्रेसको गाउँजागरण धनकुटा १९ पौष । संविधान कार्यान्वयनका लागि स्थानीय

सांसद तथा धनकुटा कांग्रेसका निर्वतमान सभापति मनोहरनारायण श्रेष्ठलगायत नेताहरुले खोकुस्थित जीवन सुधालय माविका विद्यार्थीहरुका लागी स्टेशनरी र सेनेटरी प्याड विद्यालयको प्रधानाध्यापक छत्र राईलाई हस्तानतरण गरेका थिए ।

धनकुटा नगर मगर संघमा आले

नेपाल मगर संघ धनकुटा नगर समितिको दोश्रो अधिवेसन सम्पन्न भएको छ । सो अधिवेशनले यमबहादुर आलेको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरेको छ ।

सम्झनामा आज

नेपाल पत्रकार महासंघ धनकुटाको रजत वर्षको अवसरमा आज पत्रकार महासंघको सभाहलमा सम्झनामा आज कार्यक्रमको आयोजना स्मरण गरिएको छ । पत्रकार संघ धनकुटा शाखाका रुपमा २०४९ पौष १३ गते आजकै दिन स्थापना भएकोले पत्रकार महासंघ धनकुटाको रजत वर्षको रुपमा सम्झना आज भन्ने कार्यक्रमको आयोजना गरी रवज वर्ष मनाएको हो ।

हत्याकोे विरोधमा युवा संघ धनकुटाद्वारा चक्काजाम

हत्याकोे विरोधमा युवा संघ धनकुटाद्वारा चक्काजाम

युवा संघ धनकुटाले आज मंगलबार कोशी राजमार्गस्थित धनकुटा ७ को जिरोप्वाइन्टमा एक घण्टा चक्काजाम गरेको छ । नेकपा एमालेको भातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हिजो सोमबार दिउँसो भएको हत्याको विरोधमा युवा संघ धनकुटाले आज मंगलबार विरोध प्रदर्शन गरेको हो ।