जिल्ला समाचार

कांग्रेसको ध्यान गाउँ अभियानन र स्ववियू निर्वाचन

कांग्रेसको ध्यान गाउँ अभियानन र स्ववियू निर्वाचन

अजयसन्तोषी राई धनकुटा २ फाल्गुन । संगठन विस्तार तथा सुदृढीकरण गर्दै संविधानको कार्यान्वयनका लागी जनमत सिर्जना गर्नका लागी गाउँ अभियानलाई तीव्रता दिदै स्ववियू निर्वाचनमा शक्ति केन्द्रित गर्ने निर्णय गर्दै नेपाली कांग्रेस धनकुटाको बैठक आज सम्पन्न भयो । सो अवसरमा पूर्वसासंद लिला सुब्बा, महासमिति सदस्य आनन्दसन्तोषी राईले संविधानको कार्यान्वयनका लागी जनमत सिर्जना गर्नका लागी गाउँ अभियान संचालन गर्नु पर्ने र स्ववियू निर्वाचनका लागी सवैले ध्यान दिनु पर्नेमा जोड दिए ।

मृत्तकका परिवारलाई प्रहरीद्वारा सहयोग

मृत्तकका परिवारलाई प्रहरीद्वारा सहयोग

भरुवा बन्दुक प्रहारबाट मृत्यु भएका मरिचमान राईको परिवारलाई जिल्ला प्रहरी कार्यालयले नगद १० हजार रुपैयाँ सहयोग गरेको छ । आहाले गाविस वडा नं. ८ निवासी ३० वर्षिय मृतक राईको गएको माघ १७ गते आफ्नै साथिले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर मृत्यू भएको थियो ।

गाउँ जागरण अभियानमार्फत समृद्धी र विकास

गाउँ जागरण अभियानमार्फत समृद्धी र विकास

अजयसन्तोषी राई धनकुटा । गाउँजागरण अभियानमार्फत संगठन विस्तार गर्दै गाउँको विकास र समृद्धीका लागी नेपाली कांग्रेस क्षेत्र नं. २ कार्यसमिति, धनकुटाले मूर्तिढुंगामा गाउँजागरण अभियान तथा गाउँ सम्मेलनको आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलले संविधानको कार्यान्वयनबाट मात्र मुलुकमा शान्ति स्थापना भै आर्थिक विकासको जग बस्ने वताए ।

हार्दिक श्रद्धाञ्जली व्यक्त

हार्दिक श्रद्धाञ्जली व्यक्त

केही दिन अघि निधन भएका चुङवाङ्ग गाविस स्थित भारती माविका पूर्व प्रधानाध्यापक एवं समाजसेवी टंकबहादुर राई र धनकुटा नगरपालिका वडा नं. १ का समाजसेवी लक्ष्मीप्रसाद घिमिरे प्रति नेपाली कांग्रेस धनकुटा, नेपाल पत्रकार महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियनले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

नेवि संघ जिल्ला र क्याम्पसमा समिति गठन

  नेवि संघ जिल्ला र क्याम्पसमा समिति गठन

नेपाल विद्यार्थी संघ धनकुटा जिल्ला कार्यसमिति र धनकुटा बहुमुखी क्याम्पसमा तदर्थ समिति गठन गरेको छ । नेपाली विद्यार्थी संघ जिल्ला तदर्थ समितिको अध्यक्षमा बालानन्द दाहाल, उपाध्यक्षद्वयमा टेकबहादुर कुँवर, विर्मशमान अमात्य र सचिवद्वयमा अरुण पौडेल, विनोद मगर, सहसचिव सरोजा खवास र कोषाध्यक्षमा नेत्र राई रहेका छन् ।

एमालेको टोलकमिटी गठन

एमालेको टोलकमिटी गठन

नेकपा एमालेले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियान अन्र्तगत धनकुटा नगरपालिका वडा नं.१४ स्थित जिमिटोल र खानीटोलमा टोलकमिटी गठन गरिएको छ । जिमिटोलमा देशकुमार राईको संयोजकत्वमा ७ सदस्यीय र खानीटोलमा पदम विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गरिएको छ ।

राप्रपा धनकुटा अध्यक्षमा थापा

राप्रपा धनकुटा अध्यक्षमा थापा

राप्रपा धनकुटाको एकता जिल्ला अधिवनेशन सम्पन्न भएको छ । सो अधिवेशनले जिल्ला, नगर र क्षेत्रीय कार्यसमितिको अध्यक्ष सहित कार्यसमिति चयन गरेको छ । सम्पन्न एकता अधिवनेशनले कुमारबहादुर थापालाई पुनः अध्यक्षमा चयन गरेको छ । थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

बहुला कुकुरलाई हान्दा साथीको मृत्यु

बहुला कुकुरलाई हान्दा साथीको मृत्यु

धनकुटाको महाभारत गाविस–९ तातोपानीमा भरुवा बन्दुक प्रहारबाट एक स्थानीय युवाको मृत्यु भएको छ । स्थानीय (दिब्य माइला) भनिने दिपबहादुर राईले बहुला कुकुरले आफ्नो सानीआमालाई टोके पछि महाभारत–२ का करिब ३० वर्षिय सविन राईसँग बहुला कुकुर मार्न भरुवा बन्दुक लिएर गाउँ पसेका थिए ।

नेत्रज्योती संघमा पुनः गुरागाई

नेत्रज्योती संघमा पुनः गुरागाई

नेपाल नेत्र ज्योती संघ, जिल्ला शाखा धनकुटाको आठौं जिल्ला अधिवेशन सम्पन्न भयो । अधिवेशनले पुनः दोर्ण गुरागाईलाई अध्यक्षमा चयन गरेको निर्वाचन समितिका संयोजक विजयसन्तोषी राईले जानकारी दिए ।

जनमुक्तिको २६ औं स्थापना दिवस मनाइयो

जनमुक्तिको २६ औं स्थापना दिवस मनाइयो

राष्ट्रिय जनमुक्ति पार्टीको २६ औं स्थापना दिवस विहीवार धनकुटामा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । पार्टी जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न स्थापना दिवसको अवसरमा ”पार्टी परिचय तथा शुभकामना आदान–प्रदान” कार्यक्रमको आयोजना गरिएको थियो ।