जिल्ला समाचार

संगीतकार तथा समाजसेवी श्रेष्ठको निधन

संगीतकार तथा समाजसेवी श्रेष्ठको निधन

धनकुटाले दुई हस्ती गुमाउन वाध्य भयो । शिक्षाविद् शिवकुमार श्रेष्ठको विहान ११ः४५ मा भक्तपुरस्थित मध्यपुर अस्पतालंमा निधन भयोभने अर्का हस्ती संगितकार तथा समाजसेवी ओमकार श्रेष्ठको साँझ ६ः०० वजेतिर विराटनगरमा निधन भयो । स्व. श्रेष्ठ धनकुटाका पुराना गायक तथा संगितकार थिए । स्व. श्रेष्ठ स्थानीय नव कलाकार सांस्कृतिक संस्थाका संस्थापक अध्यक्ष थिए । यस्तै स्व. श्रेष्ठ नेपाल परिवार नियोजन संघ धनकुटाको लामो समय सभापति भएर कार्य गरिसकेका छन् । यस्तै संघको केन्द्रिय सदस्य समेत भएका थिए । स्व. श्रेष्ठ धनकुटा नगर विकास समितिका अध्यक्ष समेत भएका थिए ।

पूर्व क्याम्पस प्रमुख श्रेष्ठको निधन

पूर्व क्याम्पस प्रमुख श्रेष्ठको निधन

धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिवकुमार श्रेष्ठको हिजो मंगलवार काठमाडौंमा निधन भएको छ । धनकुटा नगरपालिका वडा नं. ६ सिरानबजार निवासी ८२ वर्षीय श्रेष्ठको हिजो विहान ११.४५ मा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको हो । स्व. श्रेष्ठ लामो समयदेखि फेक्सोको क्यान्सर पीडित थिए । स्व. श्रेष्ठको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थामा अध्यक्ष लोकन्द्रकुमार श्रेष्ठ (इश्वर) ले जानकारी दिए ।

धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ पराजित राईले खदा लगाई दिए

धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ पराजित राईले खदा लगाई दिए

कडा प्रतिस्पर्धाका विच धनकुटा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका तर्फवाट उम्मेदवार भएका चिन्तन तामाङ ४ हजार ९ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटम प्रतिस्पर्धी नेपाली काग्रेसका दिनेश आठपहरिया राईले ४८१९ मत प्राप्त गरेका छन् । यस्तै उप–प्रमुखमा नेकपा एमालेकी शकुन्तला बस्नेत ५ हजार १ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका रेणु श्रेष्ठले ३ हजार ३ सय ९२ मत प्राप्त गरेकी छन् । केवल १ सय १४ मतको अन्तरले पराजित भएका राईले निर्वाचित मेयर चिन्तन तामाङ र उपमेयर शकुन्तला बस्नेतलाई खादा लगाएर विजयीको शुभकामना दिएका थिए । सो अवसरमा नेपाली कांग्रेसको तर्फबाट पार्टी सचिव विजय सन्तोषी राईले पनि खादा लगाएर नवनिर्वाचित मेयर तामाङ र उपमेयर बस्नेतलाई शुभकामना दिएका थिए ।

मेरो तलव गरिव विद्यार्थीहरुको छात्रबृत्तिका लागि

मेरो तलव गरिव विद्यार्थीहरुको छात्रबृत्तिका लागि

म, तपाईहरुकै हितका लागि र नगरलाई केहि गरौं भनेर उम्मेदवार भएको हुँ । मलाई तपाईहरु पार्टी भन्दा माथि उठेर भोट दिनुहोस् । मलाई समुदाय, जाति, भूगोल, क्षेत्रभन्दा माथि उठेर भोट दिनु आग्रह गर्दछु । म एउटा जाति, भूगोलको नभई समग्र धनकुटाको मेयर हुन चाहन्छु । र धनकुटाको समग्र विकासमा म तपाईहरुको सहयोग, सहकार्यमा योगदान दिन चाहन्छु । हामीले दिएको नारा जस्तो फेरी जगाऔं धनकुटा लाई साकार पार्न चाहन्छु । हिजोको जस्तो धनकुटाको शान, पहिचान र गौरवलाई पुनःस्थापित गराउन चाहन्छौं । हामी हजारौं परिवारका युवा सदस्य रोजगारका लागि विदेश जाने वाध्यतालाई अन्त्य गर्र्दै यहि रोजगार दिने वातावरण बनाउन चाहन्छौं । हामी सबैको आफ्नो प्रतिभा (खेल, साहित्य, कलालगायत) प्रस्फुटन हुने वातावरण यहि बनाउन चाहन्छौं । हामी धनकुटालाई गर्वले सबैले मेरो धनकुटा भन्ने खालको नमूना धनकुटा बनाउन चाहन्छौं ।

धनकुटाको समृद्धी र विकास कांग्रेसबाट मात्र सम्भव

धनकुटाको समृद्धी र विकास कांग्रेसबाट मात्र सम्भव

समृद्धी र विकासको जग नेपाली कांग्रेसले मात्र हाल्ने भएकाले धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामा नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउन केन्द्रिय सदस्यसमेत रहेका आङदेम्वेले आव्हान गरे । सो अवसरमा उनले राणाशासन हटाउन, लोकतन्त्र ल्याउने र गणतन्त्र ल्याउने े कांग्रेस भएको उल्लेख गर्दै संक्रमणकालको अन्त्य गरी संविधान बनाउने पनि कांग्रेस भएको बताए । उनले अब विकास र समृद्धीको अभिभारा पनि कांग्रेसले मात्र दिने भएकाले धनकुटाका सबै तह र वडामा कांग्रेसलाई मतदान गर्न आग्रह गरे । उनले लामो समय एमालेले प्रतिनिधित्व गरेका एमालेले पूर्वको उज्यालो भविष्य र देशलाई सम्पन्न बनाउने अरुण तेस्रो जलविद्युत् आयोजना रद्द गराएको हिसाव दिनु पर्ने बताए ।

राप्रपाले सातै तहमा उम्मेद्वार घोषणा

राप्रपाले सातै तहमा उम्मेद्वार घोषणा

असार १४ गते हुनगैरहेको दोस्रो चरणको स्थानीय निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले उम्मेद्वारहरुको नाम घोषणा गरेको छ । स्थानीय प्याशिफिक होटलमा आयोजित उम्मेद्वार घोषणा कार्यक्रमको आयोजना गरी नाम घोषणा गरेको हो । जिल्लाको ३ नगरपालिका र ४ गाउँपालिकाका उम्मेद्वारहरुको नाम घोषणा गरेको हो । सो अवसरमा पार्टीले महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको जानकारी दिए ।

जन्मदिनको खर्च गरिव छात्रालाई

जन्मदिनको खर्च गरिव छात्रालाई

बेलायती सेनामा कार्यरत एक सैनिक परिवारले आफ्नी छोरीको जन्मदिनमा लाग्ने खर्च बचाएर हिलेकि एक गरिव विद्यार्थीलाई सहयोग गरेका छन् । उनले ति वालिकालाई स्कूलमा लाग्ने शुल्कलगायतका लागि बार्षिक रुपमा सहयोग गर्ने स्थानीय संयोजक तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।

कांग्रेसकोतर्फबाट धनकुटा नगरका उम्मेद्वारी घोषणा

कांग्रेसकोतर्फबाट धनकुटा नगरका उम्मेद्वारी घोषणा

आशन्न स्थानीय तहको निर्वाचनका लागी नेपाली कांग्रेस धनकुटाले उम्मेद्वार घोषणासभाको आयोजना गरी धनकुटा नगरपालिकाका लागि सबै पदका उम्मेद्वारी घोषणा गरेको छ । घोषणा गरेअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका कोषाध्यक्ष तथा तरुण दलका जिल्ला अध्यक्ष दिनेश राई र उपप्रमुख पदमा रेणु श्रेष्ठसहित वडा समितिका अध्यक्ष तथा सदस्यहरु गरी ५२ जना उम्मेद्वार घोषणा गरेको छ ।

एमालेका तर्फबाट धनकुटा नगरका उम्मेद्वार घोषणा

एमालेका तर्फबाट धनकुटा नगरका उम्मेद्वार घोषणा

यहि जेठ ३१ गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले धनकुटा नगरकार्यपालिकाको उम्मेद्वार घोषणा गरेको छ । एमालेले नगरकार्यपालिकाको प्रमुखमा चिन्तन तामाङ र उपप्रमुखमा सकुन्तला बस्नेतलाई उम्मेद्वारी घोषणा गरेको छ । यस्तै वडा नं.१ देखि १० सम्म निम्नअनुसारको वडा समितिका वडाध्यक्ष र सदस्यहरु घोषणा गरेको छ ।

धनकुटाको साँगुरीगढीमा कांग्रेसको उम्मेद्वार चयन

 धनकुटाको साँगुरीगढीमा कांग्रेसको उम्मेद्वार चयन

नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति जितेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले साँगुरीगढी गाउँपालिकाको प्रमुख, उप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको छनौट गरेको हो । यस्तै धनकुटा नगरपालिका र खाल्सा छिन्ताङ, शहीदभूमी गाउँपालिकाको उम्मेद्वार वडा, नगर तथा गाउँ समितिबाट सिफारिस भै आएको उम्मेद्वारको नामावली माथि छलफल भैरहेको क्षेत्रीय सचिव रमेश श्रेष्ठले जानकारी दिए ।