जिल्ला समाचार

सबै गाउँपालिकमा कर्मचारी व्यवस्था गरिने छ सामान्य प्रशासन मन्त्री

सबै गाउँपालिकमा कर्मचारी व्यवस्था गरिने छ   सामान्य प्रशासन मन्त्री

नेपालका सबै गाउँपालिकामा आवश्यक कर्मचारी चाडै व्यवस्था गरिने छ । कर्मचारीको अभावमा दुरदराजका जनताले सेवा पाउनबाट बञ्चित हुनु परेकोले गाउँवासीले संघीयताको महसुस गर्न नपाएको सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले बताए । प्रेस सेन्टर नेपालले स्थानीय सुरभी होटलको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

वीपीको विचार अहिले पनि सान्दर्भि

वीपीको विचार अहिले पनि सान्दर्भि

नेपाली कांग्रेसका संस्थापक नेता तथा महाानव विशेश्वरप्रसाद काईरालाको १०४ औ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले विचारगोष्ठीकोआयोजना गरेको छ । सो गोष्ठीमा केन्द्रिय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले महामानव वीपीले देशमा एकतन्त्रिय राणा शासन र एक दलीय पञ्चायत व्यवस्था ढाल्न महत्वपूर्ण योगदान दिएको बताइन । उनले वीपी दुरदर्शी नेता, विचारक र साहित्यकार भएको बताए ।

नाम परिवर्तनका लागि सिफारिस

नाम परिवर्तनका लागि सिफारिस

नेपालकै सबैभन्दा लामो नाम भएको गाउँपालिका खाल्सा छिन्ताङ सहीदभूभि गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । हालै बसेको गाउँकार्यपालिको बैठकले नाम लामो भएको भन्दै सानो नाम राख्नका लागि गरेको प्रस्तावलाई प्रथम गाउँसभाले अनुमोदन गरेको छ ।

वरिष्ठ पत्रकार राईको शल्यक्रिया सफल

वरिष्ठ पत्रकार राईको शल्यक्रिया सफल

नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक सभापति तथा वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईको हिजो शहीद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र, बाँसवारी काठमाडौैमा गरिएको मुटुको शल्यक्रिया सफल भएको छ । गत भदौं पहिलो हप्ता वरिष्ट मुटुरोग विशेषज्ञ डा. मानबहादुर केसीलाई स्वास्थ्य परिक्षण गर्दा यथाशीघ्र शल्यक्रिया गर्न भनेपछि वरिष्ठ पत्रकार राईलाई गत भाद्र १४ गते अस्पताल भर्ना गरिएको थियो । राईको वरिष्ठ मुटुरोग सर्जन डा. विजय गोपाल राजबंशीको नेतृत्वको चिकित्सकहरुले हिजो विहान ८ वजे सफलतापूर्वक शल्यक्रिया गरेको राईकि पत्नी तथा पत्रकार हिमा चेम्जोङले बताईन ।

टोलावस्तीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

टोलावस्तीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

धनकुटा नगरपालिका वडा नं.६ दिपाचोक टोलवस्ती संगठनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ । स्थानीय धौलागिरी होटलको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित मेयर, उपमेयर तथा वडा नं. ६ का वडाध्यक्ष एवम् वडासदस्यहरुहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

अग्रज पत्रकारलाई पुरस्कृत गर्दै साप्ताहिकले वार्षिकोत्सव मनाए

अग्रज पत्रकारलाई पुरस्कृत गर्दै साप्ताहिकले वार्षिकोत्सव मनाए

धनकुटाबाट प्रकाशित कान्छो साप्ताहिक पत्रिका अग्रदीप साप्ताहिकले पहिलो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा साप्ताहिकले ६ जना लेखकलाई सम्मान र एक जना अग्रज पत्रकारलाई पुरस्कृत गरेको छ । सम्मानित हुने लेखकहरुमा प्रा. डा. शम्भु खतिवडा, पत्रकार खगेन्द्र घिमिरे, अधिकारकर्मी विदुर सुवेदी, अधिवक्ता गणेस दाहाल, ललित विश्वकर्मा र हुकुम दाहाल छन । पत्रिकालाई लेखरचना पठाएर सहयोग गरेको भन्दै लेखकलाई सम्मान गरिएको साप्ताहिकका सम्पादक÷प्रकाशक सोविस चेम्जोङले जानकारी दिए ।

स्वरोजगारका लागि शीप मुलुक तालिम

स्वरोजगारका लागि शीप मुलुक तालिम

युवा पलायन रोक्न तथा स्वरोजगार अभिबृद्धि गर्न नेपाली कांग्रेस धनकुटाले तीन महिने निःशुल्क सुईटर बुनाई लगायतका तालिम शुरु गरेको छ । आधुनिक प्रविधियुक्त कम्प्युटर प्रविधि मार्फत सुईटर बुन्ने मेशिनबाट सुईटर बुन्ने तालिम दिन लागेको नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न

सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय सूचना आयोग तथा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको सहकार्य र नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कानूनमा व्यवस्था भएको सूचनाको हक सम्बन्धमा जानकारी दिने उद्देश्याले आयोजना गरिएको महासंघको अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।

मनसिक रोगी युवा १३ वर्षदेखि खोरमा

मनसिक रोगी युवा १३ वर्षदेखि खोरमा

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मानसिक र शारीरिक रुपमा अपाङ्गता भएका धनकुटाका एक युवकलाई एक दशकदेखि खोरमा थुनिएर राखिएका छन् । धनकुटा नगरपालिका ३ सिप्तिङटोलका १८ वर्षिय रुद्रबहादुर राई विगत १३ वर्षदेखि टहरो नजिकैको खोरमा थुनिएका छन् । उनको परिवार सहृदयी सहयोगी पाए उपचार गर्ने बताउँछन् ।

भूकम्पपींडितहरुको घर नक्सा पास निःशुल्क

भूकम्पपींडितहरुको घर नक्सा पास निःशुल्क

धनकुटा नगरकार्यपालिकाले प्रथम बैठक सम्पन्न भएको छ । बैठकले नगरका भूकम्प पींडितहरुलाई नयाँ घर बनाउँदा नक्सा पास गरेवापत लाग्ने कर निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका मेयर चिन्तन तामाङको अध्यक्षतामा बसेको बैठकबाट सो निर्णय गरेको हो । उक्त निर्णयबाट भूकम्प पींडितहरुले नक्सा बापतको तिर्न पर्ने न्यूनतम १० हजारदेखि ४० हजारसम्म रकम छुटको लाभ लिनसक्ने कार्यपालिकाका नवनियुक्त प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष जमशेर छाराले जानकारी दिए ।