जिल्ला समाचार

टोलावस्तीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

टोलावस्तीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

धनकुटा नगरपालिका वडा नं.६ दिपाचोक टोलवस्ती संगठनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ । स्थानीय धौलागिरी होटलको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित मेयर, उपमेयर तथा वडा नं. ६ का वडाध्यक्ष एवम् वडासदस्यहरुहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

अग्रज पत्रकारलाई पुरस्कृत गर्दै साप्ताहिकले वार्षिकोत्सव मनाए

अग्रज पत्रकारलाई पुरस्कृत गर्दै साप्ताहिकले वार्षिकोत्सव मनाए

धनकुटाबाट प्रकाशित कान्छो साप्ताहिक पत्रिका अग्रदीप साप्ताहिकले पहिलो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा साप्ताहिकले ६ जना लेखकलाई सम्मान र एक जना अग्रज पत्रकारलाई पुरस्कृत गरेको छ । सम्मानित हुने लेखकहरुमा प्रा. डा. शम्भु खतिवडा, पत्रकार खगेन्द्र घिमिरे, अधिकारकर्मी विदुर सुवेदी, अधिवक्ता गणेस दाहाल, ललित विश्वकर्मा र हुकुम दाहाल छन । पत्रिकालाई लेखरचना पठाएर सहयोग गरेको भन्दै लेखकलाई सम्मान गरिएको साप्ताहिकका सम्पादक÷प्रकाशक सोविस चेम्जोङले जानकारी दिए ।

स्वरोजगारका लागि शीप मुलुक तालिम

स्वरोजगारका लागि शीप मुलुक तालिम

युवा पलायन रोक्न तथा स्वरोजगार अभिबृद्धि गर्न नेपाली कांग्रेस धनकुटाले तीन महिने निःशुल्क सुईटर बुनाई लगायतका तालिम शुरु गरेको छ । आधुनिक प्रविधियुक्त कम्प्युटर प्रविधि मार्फत सुईटर बुन्ने मेशिनबाट सुईटर बुन्ने तालिम दिन लागेको नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न

सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय सूचना आयोग तथा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको सहकार्य र नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कानूनमा व्यवस्था भएको सूचनाको हक सम्बन्धमा जानकारी दिने उद्देश्याले आयोजना गरिएको महासंघको अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।

मनसिक रोगी युवा १३ वर्षदेखि खोरमा

मनसिक रोगी युवा १३ वर्षदेखि खोरमा

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मानसिक र शारीरिक रुपमा अपाङ्गता भएका धनकुटाका एक युवकलाई एक दशकदेखि खोरमा थुनिएर राखिएका छन् । धनकुटा नगरपालिका ३ सिप्तिङटोलका १८ वर्षिय रुद्रबहादुर राई विगत १३ वर्षदेखि टहरो नजिकैको खोरमा थुनिएका छन् । उनको परिवार सहृदयी सहयोगी पाए उपचार गर्ने बताउँछन् ।

भूकम्पपींडितहरुको घर नक्सा पास निःशुल्क

भूकम्पपींडितहरुको घर नक्सा पास निःशुल्क

धनकुटा नगरकार्यपालिकाले प्रथम बैठक सम्पन्न भएको छ । बैठकले नगरका भूकम्प पींडितहरुलाई नयाँ घर बनाउँदा नक्सा पास गरेवापत लाग्ने कर निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका मेयर चिन्तन तामाङको अध्यक्षतामा बसेको बैठकबाट सो निर्णय गरेको हो । उक्त निर्णयबाट भूकम्प पींडितहरुले नक्सा बापतको तिर्न पर्ने न्यूनतम १० हजारदेखि ४० हजारसम्म रकम छुटको लाभ लिनसक्ने कार्यपालिकाका नवनियुक्त प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष जमशेर छाराले जानकारी दिए ।

संगीतकार तथा समाजसेवी श्रेष्ठको निधन

संगीतकार तथा समाजसेवी श्रेष्ठको निधन

धनकुटाले दुई हस्ती गुमाउन वाध्य भयो । शिक्षाविद् शिवकुमार श्रेष्ठको विहान ११ः४५ मा भक्तपुरस्थित मध्यपुर अस्पतालंमा निधन भयोभने अर्का हस्ती संगितकार तथा समाजसेवी ओमकार श्रेष्ठको साँझ ६ः०० वजेतिर विराटनगरमा निधन भयो । स्व. श्रेष्ठ धनकुटाका पुराना गायक तथा संगितकार थिए । स्व. श्रेष्ठ स्थानीय नव कलाकार सांस्कृतिक संस्थाका संस्थापक अध्यक्ष थिए । यस्तै स्व. श्रेष्ठ नेपाल परिवार नियोजन संघ धनकुटाको लामो समय सभापति भएर कार्य गरिसकेका छन् । यस्तै संघको केन्द्रिय सदस्य समेत भएका थिए । स्व. श्रेष्ठ धनकुटा नगर विकास समितिका अध्यक्ष समेत भएका थिए ।

पूर्व क्याम्पस प्रमुख श्रेष्ठको निधन

पूर्व क्याम्पस प्रमुख श्रेष्ठको निधन

धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिवकुमार श्रेष्ठको हिजो मंगलवार काठमाडौंमा निधन भएको छ । धनकुटा नगरपालिका वडा नं. ६ सिरानबजार निवासी ८२ वर्षीय श्रेष्ठको हिजो विहान ११.४५ मा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको हो । स्व. श्रेष्ठ लामो समयदेखि फेक्सोको क्यान्सर पीडित थिए । स्व. श्रेष्ठको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थामा अध्यक्ष लोकन्द्रकुमार श्रेष्ठ (इश्वर) ले जानकारी दिए ।

धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ पराजित राईले खदा लगाई दिए

धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ पराजित राईले खदा लगाई दिए

कडा प्रतिस्पर्धाका विच धनकुटा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका तर्फवाट उम्मेदवार भएका चिन्तन तामाङ ४ हजार ९ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटम प्रतिस्पर्धी नेपाली काग्रेसका दिनेश आठपहरिया राईले ४८१९ मत प्राप्त गरेका छन् । यस्तै उप–प्रमुखमा नेकपा एमालेकी शकुन्तला बस्नेत ५ हजार १ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका रेणु श्रेष्ठले ३ हजार ३ सय ९२ मत प्राप्त गरेकी छन् । केवल १ सय १४ मतको अन्तरले पराजित भएका राईले निर्वाचित मेयर चिन्तन तामाङ र उपमेयर शकुन्तला बस्नेतलाई खादा लगाएर विजयीको शुभकामना दिएका थिए । सो अवसरमा नेपाली कांग्रेसको तर्फबाट पार्टी सचिव विजय सन्तोषी राईले पनि खादा लगाएर नवनिर्वाचित मेयर तामाङ र उपमेयर बस्नेतलाई शुभकामना दिएका थिए ।

मेरो तलव गरिव विद्यार्थीहरुको छात्रबृत्तिका लागि

मेरो तलव गरिव विद्यार्थीहरुको छात्रबृत्तिका लागि

म, तपाईहरुकै हितका लागि र नगरलाई केहि गरौं भनेर उम्मेदवार भएको हुँ । मलाई तपाईहरु पार्टी भन्दा माथि उठेर भोट दिनुहोस् । मलाई समुदाय, जाति, भूगोल, क्षेत्रभन्दा माथि उठेर भोट दिनु आग्रह गर्दछु । म एउटा जाति, भूगोलको नभई समग्र धनकुटाको मेयर हुन चाहन्छु । र धनकुटाको समग्र विकासमा म तपाईहरुको सहयोग, सहकार्यमा योगदान दिन चाहन्छु । हामीले दिएको नारा जस्तो फेरी जगाऔं धनकुटा लाई साकार पार्न चाहन्छु । हिजोको जस्तो धनकुटाको शान, पहिचान र गौरवलाई पुनःस्थापित गराउन चाहन्छौं । हामी हजारौं परिवारका युवा सदस्य रोजगारका लागि विदेश जाने वाध्यतालाई अन्त्य गर्र्दै यहि रोजगार दिने वातावरण बनाउन चाहन्छौं । हामी सबैको आफ्नो प्रतिभा (खेल, साहित्य, कलालगायत) प्रस्फुटन हुने वातावरण यहि बनाउन चाहन्छौं । हामी धनकुटालाई गर्वले सबैले मेरो धनकुटा भन्ने खालको नमूना धनकुटा बनाउन चाहन्छौं ।