कृषि विशेष

अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो   प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

सुन्तलाको राजधानी मानिने धनकुटामा यो वर्ष सुन्तला उत्पादनमा गतवर्षभन्दा २० प्रतिशतले बृद्धि भएको छ । उत्पादन बृद्धि भएसँगै कृषकहरुको आम्दानी पनि बढेको छ । गत बर्ष जिल्लामा २ हजार ६ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यो बर्ष भने बढेर ३ हजार १ सय २० मेट्रिकटन पुगेको जिल्ला कृषि विकास कार्यालयले धनकुटा साप्ताहिकलाई जानकारी दिए ।

नगरमा माग बगरमा साग बगरमा सागखेती गरेर आम्दानी गर्दै सिम्सुवा गाउँ

नगरमा माग बगरमा साग  बगरमा सागखेती गरेर आम्दानी गर्दै सिम्सुवा गाउँ

धरान–धनकुटा सडक खण्डअन्तर्गत सिम्सुवा खोला र लेउती खोला क्षेत्रका यस्ता बगरहरुमा स्थानीय किसानहरु सिम साग खेती गरेर आम्दानी गरिरहेका छन् । सो खोला क्षेत्रको करिव ८० रोपनी निजी तथा सार्वजनिक खेर गैरहेको बगरमा सिम साग खेती गरिरहेका छन् । किसानहरुले यहि साग बेचेर मासिक ९ देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको सिम्सुवा ३ का टिका लिम्बुले धनकुटा साप्ताहिकलाई जानकारी दिईन् । उनीहरुका अनुसार ‘पानी भएको ठाउँमा एक पटक सागको बोट रोपेर छाडेको एक महिना पछि फल्न शुरु हुन्छ । फलेपछि एक–एक हप्तामा टिपेर बेच्न हुन्छ’, ।

माघा गाउँमा आधुनिक मौरी पालन

श्रावण १०, धनकुटा / सदरमुकाम नजिकको माघा गाउँका सबै घरधुरीमा आधुनिक मौरी पालन सुरु गरिएको छ । उक्त गाउँका २८ घरधुरीमा यसै महिनादेखि व्यावशायिक मौरी पालन सुरु गरिएको हो ।

जितपुरमा शुरु गरे २१ बर्षे युवाले बाख्रापालन

जितपुरमा शुरु गरे २१ बर्षे युवाले बाख्रापालन

असार २२,धनकुटा / जितपुर गाबिसका २१ बर्षिया पशुपति पौडेलले बाख्रापालनलाई आफ्नो जीवन जीउने आधार बनाउन शुरु गरेका छन् । धनकुटाको उत्तरपानी स्थित प्राबिधिक शिक्षालयमा अध्ययन गर्दा आफूलाई पशुपालन तर्फ प्रेरित भएर बाख्रा पालनमा लागेको उनले बताए ।

काँक्रो बेचेर मासिक एक लाख कमाई

काँक्रो बेचेर मासिक एक लाख कमाई

अषाढ २, धनकुटा / डेढ रोपनी जमिनमा लगाएको काँक्रो बेचर धनकुटाका एक यूवा किसानले मासिक एक लाख कमाउने गरेका छन् । आफ्नो बारीमा लगाएको दुई सय ५० बोटमा फलेको काँक्रो बचेर धनकुटा चीरगाउँ ११ का ३२ बर्षिया रामकुमार राईले मासिक एक लाख देखि एक लाख ८० हजार सम्म कमाएका हुन् ।

कुखुरामा लाग्ने रोगका कारणहरु

कुखुरामा लाग्ने रोगका कारणहरु

जिवछ शाह/ हाल सानो खोरमा धेरै कुखुरा पाल्ने गरेको चलनले गर्दा आर्थिक दुष्टिकोणले फाईदा जनक लागेतापनि विभिन्न प्रकारका रोगहरु कुखुरामा आउने गर्छ साथै कुखुराको शारिरीक विकासमा समेत कमि आउने गर्छ ।

उन्नत स्याउ खेति प्रबिधि

प्रबिणलाल श्रेष्ठ/ बगैचाको योजना/ एक चोटि बिरुवा रोपि सकेपछि पुर्न पछि कुनै सुधार गर्न सकिदैन तर्सथ बिरुवा रोप्न भन्दा अगाडीनै कुन तरिकाले रेखांकरण गरेर बिरुवा लगाउने हो सोको आफ्नो जग्गाको संरचना हेरेर गर्नु पर्दछ ।

भेडे खुर्सानी खेती प्रविधि

परिचय/ भेडेखुर्सानीको वजार / धेरै मूल्यमा विक्री हुने तरकारी मध्ये एक महत्वपुर्ण वाली हो, जसको आकार विशेष प्रकारको हुन्छ र जुन अरु खुर्सानी भन्दा फरक हुन्छ ।

विषादी न्यूनिकरण तालिम सम्पन्न

धनकुटा / धनकुटा १४ बेलहारा मा विषादी न्युनिकरण तथा अगार्निक खेती सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ । नगरपालिकाको ५० हजार सहयोग तथा जालपादेवी र गुठी कृषि सहकारी बेलहाराको आयोजनामा भएको हो ।

अदुवा बिक्रीमूल्य नपाउँदा समस्या

विनोद घिमिरे, धनकुटा/ पहिला राम्रो मूल्य पाउँदै आएको अदुवाले अहिले मूल्य नपाएपछि अदुवा उत्पादक किसान मर्कामा परेका छन् । गत वर्षको पहिलो सिजनमै धनकुटा जिल्लाबाट करिब १८ करोड रुपैया मूल्य बराबरको अदुवा भारत निकासी भएका थिए ।